ओखर खेल्ने ६ जना पक्राउ
भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित पात्लेजङ्गलमा जुवा (ओखर) खेलिरहेको अवस्थामा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले बुधबार चार जना पुरुष र दुई जना महिलासहित छ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट नगद दुई लाख ३४ हजार पाँच सय रुपैयाँ र १७ वटा ओखर बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
पक्राउ परेका उनीहरूलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा बिहीबार जिल्ला अदालत भक्तपुरमा पेश गरिएको थियो। अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले घटनाबारे जानकारी दिनुभएको हो।












Leave a Reply