भक्तपुर । मध्यपुर थिमिस्थित स्वस्तिक कलेजमा ‘Unlocking AI as an Engine of Growth and Development: Challenges and Way Forward’ विषयक एकदिने सेमिनार सम्पन्न भएको छ।
कलेजको रिसर्च म्यानेजमेन्ट सेलको आयोजनामा आइतबार भएको सेमिनारमा कृत्रिम बुद्धिमत्ता (एआई) लाई आर्थिक तथा सामाजिक विकासको इन्जिनका रूपमा उपयोग गर्ने सम्भावना, यसका चुनौती तथा आगामी बाटोका विषयमा छलफल गरिएको थियो।
सेमिनारमा एआई विज्ञ तथा क्विकफक्स टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत रिचन श्रेष्ठले ‘Unlocking AI as an Engine of Growth and Development: Challenges and Way Forward’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। त्यसपछि एआई र यसको विकासमा उपयोगका विषयमा प्यानल छलफल तथा सहभागीबीच अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा देवन्द्रप्रताप सिंह, सौगत केसी, डा. केदारप्रसाद आचार्य, डा. प्रकाशकुमार श्रेष्ठ र प्रा. डा. गोविन्द नेपालले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा एआई, अर्थशास्त्र, शिक्षा तथा प्रविधि क्षेत्रका विज्ञ, प्राध्यापक, विद्यार्थी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो।
कार्यक्रममा डा. शृष्टि खतिवडा र डा. बालराम दुवालले समेत मन्तव्य राख्नुभएको थियो भने कार्यपत्र प्रस्तुतकर्ता श्रेष्ठले सहभागीले उठाएका प्रश्न तथा जिज्ञासामाथि जवाफ दिनुभएको थियो।
सेमिनारमा विशेष अतिथि प्रा. डा. शङ्करप्रसाद खनालले विशेष मन्तव्य तथा प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका माननीय सदस्य प्रा. डा. सुदन झाले प्रमुख मन्तव्य राख्नुभएको थियो।
स्वस्तिक कलेज व्यवस्थापन समितिका सदस्य तथा सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका कार्यकारी सदस्य गोपाल खनालले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको समापन कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा सेमिनारका अध्यक्ष डा. दिल्लीराज खनालले गर्नुभएको थियो।
सेमिनारमा एआईको बढ्दो प्रयोगसँगै देखिएका चुनौती, यसको जिम्मेवार प्रयोग तथा शिक्षा, अर्थतन्त्र र विकासका क्षेत्रमा एआईबाट लिन सकिने लाभका विषयमा विचार आदानप्रदान गरिएको थियो।













Leave a Reply