मध्यपुर ठिमी भक्तपुर शिक्षा सभ्यता र संस्कृतिमा अग्रणी भूमिका खेल्दै आएको मध्यपुर ठिमीको उत्कृष्ट विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मा यही २०८३ साउन ३० गते स्वागत तथा विदाई कार्यक्रमको आयोजना गरियो। शैक्षिक २०८३ मा कक्षा ११मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई विदाई गरिएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछीको सभापतित्व तथा काठमाडौँ विश्वविद्यालयका सहायक दिन विनोद प्रसाद पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा विशेष अतिथि मध्यपुर ठिमी नगरपालिका शिक्षा शाखा प्रमुख सुरेश अधिकारी, अतिथिहरू गणेश खतिवडा, धनागिरी, महेश प्रजापति ,उषा प्रजापति विनोदबाबु बज्राचार्य एवं सानुबाबु बज्राचार्य रहनुभएको थियो। विद्यार्थीहरूद्वारा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको उक्त समारोहमा सहयोगी एवं शुभचिन्तक सानुबाबु बज्राचार्यलाई सम्मान गरिएको थियो भने शैक्षिक सत्र २०८३ सालको एसएलसी (प्लस टु) प्रथम हुन सफल विद्यार्थी टेक प्रसाद गौतमलाई तुइकाजी- तुइल माया शिक्षा पुरस्कार २०८३ द्वारा सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आधुनिक एवं समयानुकूल स्तरीय शिक्षाका लागि स्थापनाकालदेखि नै विद्यालयले जोड दिँदै आएको र भोलिका विश्व नागरिकका रूपमा चिनिएका आजका विद्यार्थीहरू आत्मनिर्भर र स्वावलम्बी बन्नका लागि विदेश गइरहनु नपर्ने र नेपालमा नै उत्कृष्ट शिक्षा प्राप्त गर्न सकिने कुरामा जोड दिनुभयो साथै यो अभियानका लागि विद्यालय प्रयत्नशील रहेको कुरामा समेत जोड दिनुभयो।
विनायकमा स्वागत तथा विदाई कार्यक्रम












Leave a Reply