प्राणी उद्यान निर्माण अघि बढाउन सरोकार समाजको तदर्थ समिति गठन

भक्तपुरको सूर्यविनायकमा प्रस्तावित राष्ट्रिय प्राणी उद्यान निर्माणको कामलाई अघि बढाउन ‘प्राणी उद्यान सरोकार समाज’ गठन गरिएको छ। शनिबार आयोजित विशेष भेलाले समाजको तदर्थ समिति गठन गर्दै उद्यान निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्ने निर्णय गरेको हो।
भेलाले ‘प्राणी उद्यान सरोकार समाज’ नाममा सामाजिक संस्था दर्ता गर्ने निर्णयसमेत गरेको छ। संस्था दर्ताका लागि विधान मस्यौदा तयार गर्ने र सम्बन्धित निकायमा विधिवत रूपमा दर्ता गरी आगामी छ महिनाभित्र निर्वाचनमार्फत कार्यसमिति गठन गर्ने निर्णय भएको छ।
भेलाले समाजको तदर्थ समिति गठन गर्दै केशवप्रसाद लुइँटेललाई अध्यक्ष चयन गरेको छ। समितिमा रत्नप्रसाद प्रजापति वरिष्ठ उपाध्यक्ष, रामकुमार खड्का उपाध्यक्ष, सुजितकुमार भुजेल महासचिव, महेन्द्र खड्का सचिव र उर्मिला कायस्थ कोषाध्यक्ष सहित १७ सदस्यहरु पनि चयन गरिएको छ।
समितिले सूर्यविनायकमा प्रस्तावित राष्ट्रिय प्राणी उद्यान निर्माणको काममा देखिएका अवरोध हटाउन सम्बन्धित सरकारी निकायसँग समन्वय गर्ने तथा स्थानीय समुदायको सहभागिता र सहयोग जुटाउने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *