भक्तपुर, २९ आउन । केदारनाथ वचत तथा ऋण सहकारी संस्था लि.को आ.व. २०८२/०८३ को वार्षिक समिक्षा र आ.व.२०८३/०८४ को अनुमानित बजेट तथा कार्ययोजना कार्यक्रम अध्यक्ष राजुभाइ तजल्याको सभापतित्वमा र सल्लाहकार रामकृष्ण प्रजापतिको प्रमुख आतिथ्यतामा शुक्रबार संस्थाको सभाहलमा सम्पन्न भयो ।
सल्लाहकार रामकृष्ण प्रजापतिले कुनै पनि कार्य सफल र सुधार गर्नुपर्ने छुट्टयाई निष्पक्षता र गम्भिरतापूर्वक गरिने विवेचना वा समालोचना नै समिक्षा भएको बताउनुभयो । उहाँले आज आ.ब. २०८२/०८३ समिक्षा कार्यक्रममा सहभागी भई रहेकाे बेला अहिले नेपालमा प्रायः आर्थिक मन्दिको अवस्थाको स्थितिमा सहकारीलाई मजबुत तरिकाले चुस्त र दुरुस्त गरी अगाडि लान सक्नु संचालक र कर्मचारीहरुको कला भएको बताउनुभयो । उहाँले सहकारी सम्बन्धि ज्ञान हासिल गर्न पाउने गरी सहकारी मुल्य मान्यता, सिद्धान्त, सहकारी ऐन, विनियम र सहकारीको आन्तरिक कार्यविधि बारे सिक्ने र सिकाउने सोहि अनुसार संचालन हुनु अति आवश्यक छ भन्नुभयो । यसरी संचालन गरे सहकारीको भविष्य उज्ज्वल हुने बताउनुभयो । उहाँले सहकारीको अर्थ सहकार्य हो । त्यसैले सहकारीको परिकल्पना भनेको “दिगो विकास लक्ष्य प्राप्तिका लागि केदारनाथ” र ध्येय सहकारी प्रति सकारात्मक परिवर्तन ल्याउनु हो । उहाँले सहकारीले वित्तिय कारोवारमात्र नगरी देशको आवश्यकता पूर्ति हुने खालका कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिनुपर्छ । उहाँले लगानी उत्पादनमूलक क्षेत्रमा हुनु पर्ने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम र बजेट तर्जुमाको बिषयमा बोल्दै उहाँले आर्थिक अवस्थालाई हेर्दा बचत तथा ऋण सहकारी संस्थाको बजेट यथार्थपरक, जोखिम व्यवस्थापनमुखी र तरलता संरक्षणमा केन्द्रित हुनुपर्छ भन्नुभयो । उहाँले बजेट बनाउँदा आय र खर्च दुवै पक्षलाई सावधानीपूर्वक योजना बनाउनुपर्छ भन्नुभयो । उहाँले बजेट बनाउने आधारहरूमा गत ३ वर्षको वास्तविक आय–व्ययको विश्लेषण, बचत तथा ऋणको वार्षिक वृद्धि लक्ष्य (५–१०%) , खराब कर्जा (NPL) नियन्त्रण, तरलता अनुपात कायम र सञ्चालन खर्चलाई आम्दानीको ४०–५०% भित्र राख्ने प्रयास गर्नुपर्नेछ भन्नुभयो । उहाँले सहकारीको बजेट केवल आय–व्ययको अनुमान मात्र होइन, संस्थाको वार्षिक कार्ययोजना र आर्थिक दिशानिर्देश पनि हो भन्नुभयो । उहाँले बजेट तयार गर्दा सहकारीका सिद्धान्त र मूल्य , कानुनी आधार, संस्थाको रणनीतिक योजना, अघिल्ला वर्षहरूको वित्तीय विश्लेषण, यथार्थपरक अनुमान , आर्थिक अवस्थाको प्रभाव, मितव्ययिता र खर्च नियन्त्रण, जोखिम व्यवस्थापन, अघिल्ला वर्षहरूको वित्तीय विश्लेषण, प्रत्येक कार्यक्रमका लागि स्पष्ट लक्ष्य, सन्तुलित बजेटको सिद्धान्त कार्यसम्पादनमा आधारित बजेट बनाउनुपर्छ भन्नुभयो । उहाँले सैद्धान्तिक आधारहरूलाई अपनाएर तयार गरिएको बजेटले संस्थालाई आर्थिक अनुशासन, पारदर्शिता, दिगोपन र सदस्यहरूको विश्वास कायम राख्न मद्दत गर्छभन्नुभयो ।
सल्लाहकार रामकृष्ण छुस्याबागले सहकारीको प्रगति राम्रो भएको बताउदै व्यापार व्यवसाय अोरालो लागेको बेला यो सफलता पूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै आदर निकेतन खोल्ने बारे सोच्नुपर्ने बताउनुभयो । कार्यक्रममा कोषाध्यक्ष साजन कसपाललेआ.व. २०८२/०८३ को वार्षिक समिक्षात्मक प्रतिवेदन प्रस्तुत गर्दै करिब साढे पचासी लाख नाफा भएको बताउनुभयो । कार्यक्रम राजुभाइ तजल्याको सभापतित्वमा सम्पन्न कार्यक्रममा व्यवस्थापक दयाराम तजले संचालन गर्नुभयो ।
Leave a Reply