भक्तपुर, साउन २२ — भक्तपुरका दुई फरक स्थानबाट प्रहरीले ७.४३ ग्राम खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली र भक्तपुर नगरपालिका–१ सल्लाघारी क्षेत्रमा खटिएको प्रहरी टोलीले लागूऔषध नियन्त्रण अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२४ घर भई बस्ने ३४ वर्षीय अमित गुरुङ र ललितपुरको गोदावरी नगरपालिका–३ टौखेल बस्ने १९ वर्षीय सुहान रम्तेल रहेका छन्।
प्रहरीले अमित गुरुङको साथबाट ४.०९ ग्राम तथा सुहान रम्तेलको साथबाट ३.३४ ग्राम खैरो हिरोइन बरामद गरेको जनाएको छ। दुवै जनाबाट बरामद भएको लागूऔषधको कुल परिमाण ७.४३ ग्राम रहेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।














Leave a Reply