*सम्बन्धको चिनो*
नेपाल-रुस कूटनीतिक दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा रामविन्दु श्रेष्ठद्वारा रचित`नेपाल-रुस सम्बन्धका पाटाहरु´पुस्तक आज लोकार्पण भएको छ।दुई देशबीच पारस्परिक निकटता र सहयोगबारे पुस्तकमा चर्चा गरिएको छ। सो पुस्तकमा २०वटा लेख-रचना समावेश गरेका छन् भने नेपाली भाषामा प्रकाशित केही रुसी साहित्यको विवरण पनि रहेको छ।सो कार्यक्रममा चन्द्रकान्त आचार्य,मिलनराज तुलाधर, मल्ल के सुन्दर,हिरण्यलाल श्रेष्ठ,विष्णुबहादुर सिंहलगायतले मन्तव्य राख्नु भयो।त्यतिबेला रसियन भाषामा२०जना नेपाली नारी साहित्यकारको कविता अनुवाद गरिएको तर पुस्तक आउने क्रममा रहेको जानकारी त्यहाँ दिनुको साथै कवयित्रीहरुलाई सम्मान-पत्र प्रदान गरेको थियो। सो पुस्तकमा सन् १९५८मा तासकन्दमा महाकवि देवकोटा पुगेको घटनालाई संस्मरण गरेको छ। नेपालीको साथै अङ्ग्रेजीभाषा पनि आएको छ।नेपाल-रुस साहित्य समाजले सो पुस्तक प्रकाशन गरेको हो।











Leave a Reply