शालीन व्यक्तित्व, सबल नेतृत्व

राजेन्द्रमान डङ्गोल
प्रकृतिले आफ्ना सम्पूर्ण दिव्य रङ पोखेर बनाएको एउटा
अद्वितीय क्यान्भास हो— नेपाल । उत्तरमा चाँदीझैँ टल्कने हिमश्रृङ्खला,
मध्यभागमा हरियालीलेढाकिएका महाभारत पहाडका डाडँ ाकाँडा, दक्षिणमा
उर्वर तराईका मैदान र यिनै भूगोलभित्र सुगन्धित बनेका हजारौँ वर्ष
पुराना सांस्कृतिक तथा ऐतिहासिक धरोहरहरू नेपालका शाश्वत पहिचान
हुन् । यद्यपि एक्काइसौँ शताब्दीको आधुिनक विश्वमा प्रकृति र
इतिहासको गौरव गाथा गाएर मात्र पर्यटन क्षेत्रको विकास सम्भव छैन ।
आजको पर्यटनलाई आधुिनक दृष्टिकोण, प्रविधिमैत्री व्यवस्थापन,
वैज्ञानिक रणनीति र नवीन सोचको उज्यालोले थप तिखार्नु र निखार्नु
अनिवार्य भइसकेकोछ ।
नेपाली पर्यटनलाई परम्परागत ढङ्गको साघुरो घेराबाट बाहिर
निकालेर विश्वव्यापी प्िरतस्पर्धी बजारमा एउटा नयाँ र उँचो उचाइमा
पु¥याउनु आजको युगिन आवश्यकता हो । सम्भावनाको यही उर्वर तर
चुनौतीपूर्ण धरातलमा उभिएर नीतिगत स्पष्टता, संस्थागत सुधार,
डिजिटल रूपान्तरण र नवप्रवर्तनको प्रकास छर्दै नेपाली पयर्ट नमा
सकारात्मक रूपान्तरणको नेतृत्व गरिरहेको एउटा परिपक्व, ओजस्वी,
शालिन र भरोसायोग्य नाम हो— युविका भण्डारी ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को
वर्तमान महासचिवका रूपमा कार्यरत युविका नेपाली पर्यटन उद्योगकी
एक स्थापित, निष्ठावान्, गतिशील र अत्यन्तैप्रभावकारी नक्षत्र हनु् ।
विगत दुई दशकदेखि यस क्षेत्रमा निरन्तर साधना र सङ्घर्ष गर्दै आफ्नो
बौद्धिकता, समर्पण र उच्च कार्यकुशलताको बास्ना फैलाएकी भण्डारीले
द्द
निजी व्यवसायको विकाससँगै समग्र देशको पर्यटन नीति निर्माण,
अन्तर्राष्ट्रिय बजारीकरण र संस्थागत सुदृढीकरणमा समेत गहिरो र
अमिट छाप छाड्न सफल भएकी छन् ।
सबैसँग सहजैघुलमिल हुन सक्ने सौहार्दपणर््ूा व्यवहार, मृदुभाषी
स्वभाव र सुसंस्कृत मानवीय शैलीकी धनी युिवका समग्रपर्यटन जगत्की
प्रिय पात्र हनु । ् ‘विनम्रता र शालीनता कुनै कमजोर अवस्था होइनन्, यी
त सबल र परिपक्व व्यक्तित्वका सबैभन्दा सुन्दर आभूषण हुन्’ भन्ने
शुक्तिमय भावना उनको व्यक्तिगत आचरण, दैिनकी र जीवनशैलीमा प्रस्ट
झल्किन्छ । उनी आफ्ना सेवाग्राही, व्यावसायिक सहकर्मी, कर्मचारी र
अग्रजहरूसँग व्यावसायिक नातामात्र राख्दिनन्, बरु हृदयदेखिको आत्मीय
र दीर्घकालीन सम्बन्ध गास्ँन रुचाउँछिन् ।
संयुक्त राष्ट्र सङ्घका पूर्वमहासचिव बान की–मूनले पर्यटनको
व्यापकतालाई प्रष्ट पार्दै एक प्रसङ्गमा भनेका थिए— “पर्यटन केवल
एउटा उद्योग वा भूगोलको यात्रा होइन, यो मानिसहरू, विचारहरू र
संस्कृतिहरूलाई आपसमा जोड्नेसबैभन्दा सुन्दर मानवीय पलु हो।”
त्यसै गरी विश्वविख्यात नागरिक अधिकारकर्मी मार्टिन लुथर
किङ जुनियरको एउटा अमर कथन छ— “जीवनको सबैभन्दा निरन्तर र
महत्वपणर््ूाप्रश्न योहा—े तपाईं अरूका लागि केगर्दैहुनुहन्ुछ ?”
युविकाको व्यावसायिक निष्ठा, संस्थागत समर्पण, सामाजिक
उत्तरदायित्व र आत्मीय कार्यशैलीलाई नजिकबाट नियाल्दा यी दुवै महान्
भनाइ उनको दैनिकी र पर्यटनप्रतिको अगाध पेम्र मा पूर्ण रूपमा चरितार्थ
भएको पाइन्छ । उनी आफू मात्र अगाडि बढ्ने साचे नराखी सिङगो ्
पर्यटन क्षेत्रलाई कसरी अगाडि बढाउने र यसबाट समाज तथा देशले
कसरी लाभ लिने भन्ने चिन्तनमा सधैँ मग्न रहन्छिन् ।

सफलताको शिखर वा व्यक्तित्वको उचाइ रातारात हासिल हुने
विषय होइन । त्यसका पछाडि वर्षौंको मौन साधना, धैर्य, त्याग र
सिकाइको अविराम यात्रा लुकेको हुन्छ । युविका भण्डारीको पर्यटन यात्रा
पनि धरातलकैधुलोर माटोस्पर्श गर्द,ै जगदेखि नैसुरु भएको थियो ।
वि. सं. २०३८ समालमा जन्मेकी उनले ‘शशीज होलिडेज’ बाट पर्यटन
व्यवसायको व्यावहारिक जगमा पहिलो पाइला राखेकी हुन् । सुरुवाती
दिनहरूमा पयर्ट न उद्योगका सूक्ष्म आयामहरूलाई नजिकबाट स्पर्श गर्ने
मौका पाएकी युविकाले सेवाग्राहीको चाहना, पर्यटकीय सेवाको गुणस्तर,
अन्तर्राष्ट्रिय बजारीकरणका चुनौती र ट्राभल एजेन्सीहरूको आन्तरिक
व्यवस्थापनलाई गहिराइबाट अध्ययन गरिन् । ‘शशीज होलिडजे ’ को त्यही
शुरुआती अनुभव र सिकाइ नै उनका लागि व्यावसायिक सफलताको
दरिलो आधारशिला बन्यो ।
दुई दशकअघि अङ्कुरित भएको उनको व्यावसायिक निष्ठाको
यात्रा आजका दिनमा आइपुग्दा फूलमा मात्र सीमित नभई, एक सशक्त,
परिपक्व र स्थापित उद्यमीका रूपमा फलदायी वटवृक्ष बनिसकेको छ ।
यस अवधिमा उनले उतारचढावपूर्ण नेपाली पर्यटनका अनेकौँ मौसमी
चक्रहरू नजिकबाट भागे ेकी छन् । चाहे त्यो विनाशकारी भूकम्पपछिको
पर्यटकीय सङ्कट होस्, कोभिड–१९ महासङ्कटले सिर्जित लामो स्तब्धता
र शून्यता होस् वा त्यसपछिको पुनरुत्थानको घामछाया— युविकाले हरेक
प्रतिकूलता, चुनौती र आँधीबेहरीलाई धैर्यता, संयम र रणनीतिक साचे का
साथ अवसरमा बदल्ने उच्च सामथ्र्य देखाएकी छन् ।
युविका भण्डारी अनुभवको बैसाखीमा मात्र अगाडि बढके ी
परम्परागत व्यवसायी होइनन्; उनको सफलताको जगमा प्राज्ञिक र
व्यावसायिक शिक्षाको बलियो स्तम्भ रहेको छ । व्यवसाय व्यवस्थापनमा
स्नातकोत्तर गरेकी उनीसँग आधुनिक व्यापार सिद्धान्त, वित्तीय
द्ध
व्यवस्थापन, मानव संसाधन विकास र रणनीतिक याजे नाको उच्च ज्ञान
छ ।
उनको यही प्राज्ञिक पष्ृठभूमिले गर्दा उनलेपयर्ट न व्यवसायलाई
केवल परम्परागत खरीद–बिक्रीको रूपमा मात्र नहेरी, वैज्ञानिक, आधुनिक
प्रविधि अनुकूल र परिणाममुखी तरिकाले सञ्चालन गर्ने फराकिलो दृष्टि
प्राप्त गरेकी छन् । अन्तर्राष्ट्रिय बजारमा नेपालको बजारीकरण, डिजिटल
प्रविधिको नवप्रवर्धनात्मक प्रयोग र नाट्टा जस्तो प्रतिष्ठित छाता संस्थाको
प्रशासनिक तथा रणनीतिक कामहरूलाई कुशलतापूर्वक सम्हाल्न उनको
उच्च शिक्षा र प्राज्ञिक बौद्धिकतालेनिर्णायक भूिमका खेलेकोछ ।
नेपालकोपर्यटन क्षेत्रकैसबैभन्दा पुरानो, ठूलोर प्िरतष्ठित छाता
सङ्गठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को
महासचिव जस्तो गरिमामय जिम्मेवारी सम्हाल्नु आफैँमा चुनौतीपूर्ण
दायित्व थियो । यद्यपि युविका भण्डारीले यस दायित्वलाई अत्यन्तै
कुशलतापवूर्क , पारदर्शी, समावेशी र परिणाममुखी ढङ्गले निर्वाह गर्दै
नाट्टाको गौरवशाली इतिहासमा एउटा अनुकरणीय र स्वर्णिम अध्याय
थपेकी छन् । उनले कार्यभार सम्हालेको पहिलो दिनदेिख नै संस्थाको
गरिमालाई उच्च राख्न निरन्तर अहोरात्र खटरे काम गरिरहेकी छन् ।
महासचिवको जिम्मेवारी सम्हाल्दै गर्दा उनले नाट्टा
सचिवालयलाई आधुिनक, प्रविधिमैत्री र पारदर्शी बनाउँदै आन्तरिक
तालिम र कार्यशालाहरू मार्फत युवा जनशक्तिको क्षमता अभिवृिद्धमा
महत्वपणर््ूा योगदान पु¥याइन् । यसका साथै, व्यवसायीका हकहित र
समस्या समाधानका लागि सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरण,
पर्यटन मन्त्रालय र नेपाल पयर्ट न बोर्डसमक्ष नीतिगत सुधारका लागि
निरन्तर दर्बिलो र तर्कपूर्ण आवाज उठाइन् । अन्तर्राष्ट्रिय ट्राभल

मार्टहरूमा नेपालको प्रभावकारी उपस्थिति गराउँदै वैदेिशक बजार
प्रवर्धनमा उनलेअग्रणी र नेतृत्वदायी भूिमका खेलिन् ।
एकातिर संस्थागत सुदृढीकरण गर्दै अर्कोतिर नीतिगत तहमा
खेलेको यही प्रभावकारी भूमिकाकै बलमा उनको कार्यकालमा नाट्टाले
एउटा व्यावसायिक सङ्गठनका रूपमा मात्र नभई, सरकारको एउटा
भरपर्दो, विज्ञ र सशक्त नीतिगत साझेदारका रूपमा समेत आफ्नो उचाइ
र गरिमालाई थप मजबुत बनाएको यथार्थ छर्लङ्ग छ ।
पर्यटन क्षेत्रको धरातलमा लामो कालखण्ड पार गरेकी युविका
भण्डारीसँग नेपालको समग्रपयर्ट न क्षेत्रको गहिरो, सूक्ष्म र व्यावहारिक
बुझाइ छ । नेपालमा पर्यटकीय सम्भावनाका भण्डारहरू कति छन्, कुन–
कुन क्षेत्रमा पर्वूाधारको कमी छ, हवाई भाडा र उड्डयन सुरक्षाका
चुनौतीहरू के–के हुन् र नेपाललाई ‘अल सिजन डेस्टिनेसन’ कसरी
बनाउन सकिन्छ भन्ने विषयमा उनीसँग स्पष्ट खाका र योजना छ ।
उनी भन्छिन्— “नेपालसँग लुम्बिनी र सगरमाथाको उचाइमात्र
छैन; अद्वितीय सांस्कृतिक वैभव, जैविक विविधता र आतिथ्य सत्कारको
न्यानोपन बोकेको दक्ष जनशक्ति छ । विशष्ोगरी नेपालमा वेलनेस
टुरिजमको अपार सम्भावना भए तापनि यो अझै पनि छरपस्ट र
असङ्गठित अवस्थामा छ । यसलाई नीतिगत रूपमै प्राथमिकतामा राखेर
व्यवस्थित गर्न सके हामीले विश्वभरिकै पर्यटकलाई आकर्षित गर्न सक्छौँ
। अर्कोतर्फ, हामा्र मौलिक आर्किटेक्चर (वास्तुकला) लाई पर्यटनसँग
जोड्दै थान्का पेिन्टङजस्ता समृद्ध कलालाई कलाकारहरू मार्फत
‘स्टोरीटेलिङ’ (कथा वाचन) को सशक्त आयामका रूपमा विकास गर्न
सके हामीले पर्यटकीय अनुभवलाई अझ जीवन्त, आत्मीय र स्मरणीय
बनाउन सक्छौँ । तर अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार विकासमा ढिलाइ हुनु,
उड्डयन क्षेत्रका नीतिगत जटिलता र साचे ेअनुसार डिजिटल प्रवर्धन हुन

नसक्नु हाम्रा मुख्य चुनौती र चिन्ताका विषय हुन् । यदि हामीले हाम्रा
सेवाहरूलाई प्रतिस्पर्धी बनाउँदै प्रविधि अनुकूल रूपान्तरण गर्न सक्यौँ भने
नेपाल विश्वकैअग्रणी पयर्ट कीय गन्तव्य बन्न सक्छ ।”
सम्भावनाप्रति आशावादी बन्दै विद्यमान समस्याहरूमा उनीबाट
व्यक्त चिन्ता, चासो र स्पष्ट दृष्टिकोणले नेपालको समग्र पर्यटन नीति
निर्माणमा सकारात्मक दबाब र नवीन ऊर्जा थपेको छ ।
महासचिवका रूपमा नाट्टाको इतिहासमा सफल कार्यकाल
व्यतीत गर्दै गरेकी युविका भण्डारी संस्थाको अझ ठूलो, निर्णायक र
रूपान्तरणकारी भूमिकामा अगाडि बढ्न मानसिक र रणनीतिक रूपमै पूर्ण
रूपमा तम्तयार भएकी छन् । उनी आगामी निर्वाचनमा नाट्टाको अध्यक्ष
पदकोसशक्त, सर्वस्वीकार्यर मुख्य प्रत्यासीका रूपमा अगाडि सरेकी छन्

नाट्टाको ६ दशकभन्दा लामो गौरवशाली इतिहासलाई हेर्दा
पर्यटन क्षेत्रकी अग्रणी व्यक्तित्व स्व. अम्बिका श्रेष्ठपछि हालसम्म कुनै पनि
महिलाले संस्थाको सर्वाच्ेच कार्यकारी पद सम्हाल्ने अवसर पाएका छैनन्
। यो पृष्ठभूमिमा युविका भण्डारीको अध्यक्ष पदको दाबेदारी आफैँमा एउटा
ऐतिहासिक, साहसिक र रूपान्तरणकारी मोड हो ।
उनको यो उम्मेदवारी पद प्राप्तिको प्रतिस्पर्धामात्र नभई समग्र
पर्यटन क्षत्रे मा महिला नेतत्ृवको सामथ्र्य, समावेशी प्िरतनिधित्व र
सशक्तीकरणको एक उत्कृष्ट दृष्टान्त पनि हो । योग्यता, प्राज्ञिक
पृष्ठभूमि, दुई दशक लामो व्यावहारिक अनुभव र सफल महासचिवका
रूपमा प्रमाणित कायक्षर््ामताको बलमा उनी नाट्टाको नेतृत्व सम्हाल्न पूर्ण
रूपमा समर्थ छिन् । उनको यो कदमले उद्यमशीलतामा रहेका हजाराँै

नेपाली महिलाहरूलाई आत्मनिर्भर बन्न र नेतृत्वको शिखरसम्म पुग्न ठूलो
हौसला र प्रेरणाको किरण प्रदान गर्नेछ ।
उनी अध्यक्ष बन्नु भनेको नाट्टामा आधुनिक, समावेशी, पारदर्शी
र प्रविधिमैत्री नेतृत्वको नयाँ बिहानीको सुरुवात हुनु हो । त्यसैले उनको
उम्मेदवारीलाई नेपालका समग्र पर्यटन व्यवसायीहरूले असाध्यै
सकारात्मक, आशावादी र गौरवका साथ हेरेका छन् । संस्थालाई नयाँ
गति, आधुनिकता र नयाँ उचाइमा पुर्याउन युविकाको आगमन अनिवार्य
भइसकेकामे ा पर्यटन जगत्पूर्णरूपमा विश्वस्त देखिन्छ ।
युविका भण्डारीको अहिसम्मको व्यावसायिक र संस्थागत यात्रा
नयाँ पुस्ताका उद्यमीहरूका लागि एक प्रेरणादायी महाकाव्य जस्तै हो ।
‘शशीज होलिडेज’ को जगबाट सुरु भएको उनको यात्रा आज नाट्टाको
सफल महासचिव हुँदैअध्यक्षकोऐतिहासिक दाबेदारसम्म आइपग्ुदा उनले
देखाएको निष्ठा, लगनशीलता, धैर्य र उच्च कार्यकुशलता आफैँमा
वन्दनीय छ ।
व्यावसायिक सफलतासँगै संस्थागत दायित्वलाई उत्तिकै
सन्तुलित, निष्पक्ष र परिणाममुखी रूपमा अगाडि बढाउन सक्नु उनको
ठूलो सफलता हो । भद्र स्वभाव, रणनीतिक सोच, समन्वयकारी शैली र
व्यावसायिक निष्ठाकै कारण उनी आज नेपाली पर्यटन बजारमा भरपर्दो,
सवसर््वीकार्यर सम्मानित हस्ताक्षर बनेकी छन् ।
नेपालको पर्यटन क्षेत्रलाई थप आधुनिक, प्िरतस्पर्धी, प्िरवधिमैत्री
र समृद्ध बनाउन युविकाजस्ता दक्ष, स्पष्ट दृिष्टकोण भएका र समर्पित
व्यक्तित्वको आवश्यकता आज झन् टड्कारो बनेको छ । नाट्टाको भावी
नेतृत्वका रूपमा उनको आगमनले नेपाली पर्यटन क्षेत्र र महिला
सशक्तिकरणको अभियानमा एक नयाँ इतिहास रच्ने निश्चित छ । नेपाली

पर्यटन रूपान्तरणकी ध्वजावाहक युविका भण्डारीको यो ऐतिहासिक,
प्रेरणादायी र स्वर्णिम यात्रा निरन्तर सफलताको नयाँ–नयाँ उचाइतर्फ
अगाडि बढिरहोस्, हार्दिक शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *