आफुमा रहेको सीप, श्रोत र साधन प्रयोग गरी ग्राहकको चाहना अनुसारको वस्तु÷सेवा बिक्री गरी ग्राहकलाई सन्तुष्ट बनाई नाफा हुने, ग्राहक बढाई बिक्री बढ्ने तथा आफूलाई पनि फाइदा हुने काम नै व्यवसाय हो । यस कार्यमा ऊ स्वयं संलग्न हुन्छ जुन स्वरोजगार हो भने व्यवसाय चल्दै गएपछि अरूले पनि रोजगारी पाउँछन् । ब्यवसाय परम्परागत, पारिवारीक, देखासिकिमै पनि सुरु गर्ने गर्दछ । यसमा खासै धेरै नाफा र नोक्सानी हुन्दैन भने बसिवियालो र दालभात खान खासै समस्या पर्दैन ।
व्यवसाय सामान्यतया ३ किसिमका हुन्छन् । १. व्यापार ः सामान किनबेच गर्ने कार्यलाई व्यापार भनिन्छ । उद्योग तथा वाणिज्य विभाग अज्तर्गत दर्ता गरी समान कुनै आकार प्रकार नविकारी जस्ताको तस्तै किनबेच गर्ने जस्तै किराना पसल, केन्सी पसल, औषधि पसल आदि । २. उत्पादनमूलक ः कच्चापदार्थ तथा अर्धतयारी वस्तु प्रयोग गरी, उत्पादन प्रक्रियामा समावेश गरी वस्तु बनाई बिक्री गर्ने कार्यलाई उत्पादनमूलक व्यवसाय भनिन्छ । प्राय घरेलु तथा साना उद्योगमा दर्ता गरी सञ्चालनमा रहेका तथा उद्योग विभाग अन्तर्गत साना, मभैmला तथा ठूला उद्योगहरु यसका उदाहरणहरु हुन । ३. सेवामूलक ः आफ्नो सीप प्रयोग गरी सेवा बेच्ने कार्यलाई सेवा व्यवसाय भनिन्छ । जस्तै – पाइप फिटिङ्ग, बिजुली फिटिङ्ग, घर बनाउने ठेक्का, मोबाइल मर्मत, साइकल मर्मत, तालिम केन्द्र, आदि । यसरी हामीले परापूर्वकाल, पितापूर्खाले गर्दै आएका र देखि, सिकि, आई उहि वा उस्तै प्रकृतीका ब्यवसाय गर्ने सबै ब्यवसायी हुन । हामीले आजभोलि ब्यपार व्यवसाय सञ्चालन गर्ने प्राय सबै नै यस अन्तर्गत पर्दछ ।
हामीले परापूर्वकाल, पितापूर्खाले गर्दै आएका र देखि, सिकि, आएकोमा नयाँ अथवा पुरानो कुरालाई पनि नयाँ किसिमले प्रस्तुत गर्ने, आफूले उत्पादन गरेको वस्तु अथवा सेवा अरूको भन्दा मूल्यवान बनाउने (खबगिभ बमम) र जहिले पनि व्यवसायको विस्तारलाई प्राथमिकता दिने व्यक्ति नै उद्यमी हो । ब्यपारमा आप्mनो बस्तु बेच्न अरुको भन्दा फरकपना देखाउई ब्यवसाय गर्ने ब्यक्तिहरु नै उद्यमी हुन । हामीले ब्यापार ब्यवसायमा बिभिन्न प्रयोयहरु भई आएको देखेकै छौ । एक समयमा हरेक सामान ९९ मा बेचियो, अहिले सेल तथा स्टक किल्यरेशन तथा फ्रि डेलिभरी, अनलाईन सेल लगाउतका नयाँ तरिकाहरु देख्न सकिन्छ । यसरी आफुले गर्दै आएको ब्यपार ब्यवसायहरुमा अरु भन्दा फरक बनाई व्यवसाय गर्नेलाई नै उद्यमी भन्न सकिन्छ ।
उद्यमी भनेको व्यक्ति हो भने उद्यमशीलता भनेको त्यही व्यक्ति उद्यमी बन्दा आउने विभिन्न प्रक्रियाहरू हुन् । व्यवसायीबाट उद्यमी बन्न वातावरणमा देखिएका व्यावसायिक अवसरहरूलाई पहिचान गर्ने, सिर्जनशील विचारलाई प्रयोग गरी त्यसबाट फाइदा लिने, फाइदा÷वेफाइदा मूल्याङ्कन गरी फाइदा हुने खालको जोखिम लिने, आफ्नो सीप प्रयोग गरी उपलब्ध स्रोत तथा साधनहरूलाई परिचालन गर्ने, अरूले नदेखेको÷मूल्य नभएको वस्तु÷सेवालाई मूल्यवान् बनाई त्यसबाट फाइदा लिने, व्यक्तिगतरूपमा जिम्मेवारी लिई कुनै कामको सुरुआत गर्ने अग्रसरता देखाउने, कोसिस गर्ने, अनुभव लिने, प्रयोग गर्ने, असफलताबाट सिक्ने, सही समयमा सही निर्णय लिने, सूचना लिने कुराहरूलाई व्यवहारमा उतार्ने, व्यवसाय गर्दा आवश्यक पर्ने आफूसँग नभएको सीप, ज्ञान प्राप्त गर्ने अथवा ती आवश्यक सीप, ज्ञान भएको व्यक्तिहरूसँग सहयोग लिने लगायतका विभिन्न प्रकृयाहरुलाई उद्यमशिलताका रुपमा बुभ्mन सकिन्छ । उद्यमशिलताले आर्थिक, सामाजिक, ठुल्ठुला उद्योग व्यवसाय संग सम्बन्ध, ब्यवसाय राष्ट्रिय÷अन्तराष्ट्रिय स्तरमा विस्तार, उपलब्ध स्रोत तथा साधनको पहिचान, उपयोग लगायतले महन्वपूर्ण रहन्छ ।
आज हाम्रो स्थानमा रहेको ब्यवसाय कुनै अर्को स्थानको लागि उद्यम हुन सक्छ । विकशित राष्ट्रहरुमा बर्षै पहिले प्रयोगमा आई सकेका कयौ ब्यवसायका मोडलहरु हामीहरुका लागि नौलो बन्न सक्छ । यसरी हाम्रो क्रयशक्ति र आवश्यक्ताहरु संग मेलखाने अन्य स्थानका ब्यवसायहरुले हामीलाई ब्यपसायीबाट उद्यमी बनाउन सक्दछ । अहिले हामीले देखेका धेरै नयाँ उद्यमहरु प्हिले अन्य विकशित राष्ट्रहरुमा प्रयोग भई सकेका देखिन्छ भने केहि नया रहेका छन् । आफुले गर्दै आएको ब्यवसायहरुमा ग्राहक आकर्षित गर्ने नयाँ सोच र आप्mनो बस्तुको मूल्य बढाउन केहि अध्ययन अनुसन्धान, खोज तथा प्रयोग अपरिहार्य छ । यसरी सानो लगानीमा क्रमबद्ध योजनागतको प्रयासले मात्र एक ब्यवसायीबाट सफल उद्यमी बन्न सक्दछ । केहि असफल प्रयासहरुनै सफलताका सिधिहरु बन्नेछ । अःत कयौ असफल प्रयासले नै निरन्तर अध्ययन अनुसन्धान, खोज तथा प्रयोगमा अभिप्रेरित गर्ने र एक दिन तपाई पक्कै सफल उद्यमी बन्न सफल हुनेछ ।
लेखक
अधिवक्ता राजेश भोयद्यो
लिक्विडेटर÷प्रशिक्षक÷मध्यस्तकर्ता÷मेलमिलापकर्ता
९८५११४०८४२
ब्यवसायी, उद्यमी र उद्यमशिलता










Leave a Reply