काठमाण्डौ
नेवाःहरुको साझा राष्ट्रिय संगठन नेवाः देय् दबूले गत बुधवार भोटकोशी नदीमा आएको भीषण बाढीमा कारण रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा विनाशकारी बाढी पहिरो र डुवानका कारण मृत्यु भएकाहरुको चीर शान्तिको कामना गर्दै १३ दिनमा देशभरी नै एकै दिनमा श्रद्धाञ्जली कार्यक्रम गर्ने भएको छ । नेवाः देय् दबूका महासचिव श्रीकृष्ण महर्जनले दिनु भएको जानकारी अनुसार आउदो भदो २२ गते सोमवार देशभरी नै बेलुकी ६ बजे प्राकृतिक विपत्तिमा परी मृत्यु हुने सम्पूर्णको चीरशान्तिको कामना गर्दै देशब्यापी रुपमा एकै समयमा श्रद्धाञ्जली कार्यक्रम गर्न लागेको हो । देय् दबूको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार मातहतका प्रदेश समिति, जिल्ला समिति, पालिका समिति, वडा समिति, विषयगत समिति र जातीय संगठनहरुलाई समेत आ आफ्नो स्थानमा सो दिन श्रद्धाञ्जली कार्यक्रम गर्नका लागि सर्कुलर जारी भएको समेत महासचिव महर्जनले बताउनु भएको छ ।











Leave a Reply