४६औँ तःमुंज्या शुक्रबारदेखि, भोलि सुकुण्डा रयाली

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या शुक्रबारदेखि

भक्तपुर । जनताको भाषा, जनताको साहित्य भन्ने मूल नाराका साथ ४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम शुक्रबारदेखि भक्तपुरको गोल्मढी, याता टोलमा आयोजना हुने भएको छ।

नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक समाजको आयोजनामा हुन लागेको कार्यक्रम नेपाल संवत् ११४६ कौलाथ्व एकादशी अर्थात् २०८३ कात्तिक ५ गते बिहीबार भोलि सुकुण्डा रयाली दिउँसो २ः३० बजे सुरु हुनेछ। कार्यक्रम गोल्मढी यातास्थित नवीन स्कुल अगाडि आयोजना हुने आयोजकले जनाएको छ।

कार्यक्रमको प्रचारप्रसार तथा प्रकाशन समितिका संयोजक बलराम गोसाईंले सञ्चारकर्मीलाई पठाएको निमन्त्रणापत्रमार्फत् कार्यक्रमको समाचार संकलन तथा प्रचारप्रसार गरिदिन आग्रह गरेका छन्।

नेपालभाषा साहित्य, संस्कृति र स्थानीय कला संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको तःमुंज्याले भाषा, साहित्य र सांस्कृतिक गतिविधिमार्फत् जनस्तरमा साहित्यिक चेतना अभिवृद्धि गर्न योगदान पुर्‍याउँदै आएको छ। आयोजकले कार्यक्रममा सहभागी भई समाचार संकलन तथा प्रचारप्रसारमा सहयोग गर्न सञ्चारकर्मीलाई अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *