जनता जायसवाल मा. वि. पूर्व बिद्यार्थी समाजको अध्यक्षमा पबन कुमार घिमिरे

धनुषा , गणेशमान चारनाथ नगरपालिका वडा न.६ गोदारमा अवस्थित जनता जायसवाल मा. वि. को प्राङ्गणमा “जनता जायसवाल मा. वि. पूर्व बिद्यार्थी समाजको प्रथम साधारणसभा सम्पन्न भएको थियो। उक्त सभामा सर्वसम्मतिले नयाँ कार्यसमितिमा अध्यक्ष : पबन कुमार घिमिरे, उपाध्यक्ष : जनार्दन प्रसाद बराल, महासचिव : बालकृष्ण उपाध्याय , सचिब : रित बहादुर श्रेष्ठ , कोषाध्यक्ष : भोजराज कोइराला , सदस्यहरुमा मन्जु कुमारी बखरेल, राजदेव यादव, अरूण कुमार मण्डल, नबिन कुमार गौतम निर्वाचित गरेको थियो।

नव निर्वाचित कार्यसमितिलाई पद तथा गोप्यनियताको सपथ ग्रहण पूर्व बिद्यार्थी तथा पूर्व गा. बि. स. अध्यक्ष श्री डुन्डुराज दाहालज्युले गराउनुभएको थियो। पूर्व बिद्यार्थी समाजका अध्यक्ष श्री पबन कुमार घिमिरेज्युको सभाध्यक्षतामा प्रारम्भ भएको प्रथम साधारणसभामा वि. स. २०१७ सालमा यस बिधालय स्थापना भएको पहिलो व्याचका बिद्यार्थी  तथा पूर्व गा. वि. स. अध्यक्ष श्री बेचन साहज्यु प्रमुख अतिथी रहनुभएको थियो। यसैगरी विशेष अतिथिकारुपमा गणेशमान चारनाथ नगरपालिका प्रमुख श्री जित नारायण यादव र यसै विधालयका पूर्व बिद्यार्थी तथा सिरहा, कर्जना नगरपालिका प्रमुख श्री भोला प्रसाद पोखरेल उपस्थित हुनुहुन्थ्यो भने अतिथिकारूपमा यस विधालयका पूर्व प्रध्यानाध्यापकद्वय श्री दिवाकान्त झा र मोहन सिंहज्यु र यसै विधालयकै पूर्व शिक्षक परमेश्वर लाल कर्ण, वर्तमान प्रध्यानाध्यापक पृथ्विराज यादव, यसै पालिका अन्तर्गतका श्री त्रिभुवन मा. वि. चिसापानीका प्रध्यानाध्यापक श्री मनोज कुमार मानन्धर, श्री मा. वि. भरतपुरका प्रध्यानाध्यापक श्री राज कुमार विश्वकर्मा , यसै विधालयका पूर्व बिद्यार्थी तथा पूर्व गा. वि स. अध्यक्ष श्री डुन्डुराज दाहालका साथै यसै विधालयका विधालय व्यवस्थापन समिती सदस्य दिपक सहनिको उपस्तिथि रहेको थियो। साधारणसभालाई दिप प्रज्वलन गरि सभाका प्रमुख अतिथी श्री बेचन साहज्युले उद्घाटन गर्नुभयो।

सभामा समाजका अध्यक्ष श्री पबन कुमार घिमिरेज्युले पूर्व बिधार्थी समाज स्थापना गर्नुको उदेश्य , महत्व र लक्ष्यको बारेमा प्रष्ट्याउनु भयो भने समाजका महासचिव बालकृष्ण उपाध्यायज्युले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगती विवरण प्रस्तुत गर्नुभयो। अनि समाजका कोषाध्यक्ष श्री भोजराज कोइरालाज्युले आर्थिक वर्ष २०८२/०८३ को लेखा परिक्षण प्रतिवेदन , चालू आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम सभा समक्ष प्रस्तुत गर्नुभयो। सभामा विशेष अतिथी तथा अतिथीज्युहरूले आ- आफ्ना मन्तव्यका क्रममा जनता जायसवाल मा. वि. पूर्व बिद्यार्थी समाज स्थापना भएकोमा खुशी व्यक्त गर्नुका साथै सफलताको शुभकामनासमेत दिनुभयो। साथै विधालय पुराना दिन सम्झन्दै संघर्ष , हर्ष, तितामिठा कुराकानी स्मरण गर्नु, गराउनु भयो। मन्तव्यकै क्रममा प्रमुख अतिथी श्री बेचन साहज्युले विधालय स्थापनाकालमा धेरै संघर्ष गर्नु परेको स्मरण गराउदै। धेरै दु:ख पाएको गुनासो सभालाई सुनाउनु भयो। अनि समाज स्थापना प्रती खुसी व्यक्त गर्नुहुदै सफलताको शुभकामना समेत प्रदान गर्नुभयो। अन्तमा, समाजका अध्यक्ष श्री पबन कुमार घिमिरेले साधारणसभामा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै सभा समापन भएको घोषणा समेत गर्नुभएको थियो। साथै समाजका सचिव रित बहादुर श्रेष्ठले सभा संचालन गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *