रसुवाको बाढीमा गोपाल बस्नेत बेपत्ता, खोजीका लागि सहयोगको अपिल

रसुवामा आएको भीषण बाढीका क्रममा गोपाल बस्नेत बेपत्ता भएका छन्। बाढीपछि उनी परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि परिवारजन चिन्तित बनेका छन्। बस्नेत बार्हबिसे, सिन्धुपाल्चोक निवासी हुन्। उनी Himal Eco Treks Pvt. Ltd. मा Boarder Representative का रूपमा कार्यरत रहेको परिचयपत्रमा उल्लेख छ। उनको सम्पर्क नम्बर ९८४१८१८५५० रहेको छ। उनी रसुवाको टिमुरे–पिडिङ आसपासको बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएको बताइएको छ। उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा निश्मा बस्नेत लाई ९८१०१२४५६३ मा तत्काल सम्पर्क गर्न परिवारले आग्रह गरेको छ। गोपाल बस्नेतको खोजीमा सहयोग गरिदिन तथा यो सूचना सकेसम्म धेरै शेयर गरिदिन सबैमा अपिल गरिएको छ। 🙏 — प्रज्वल खत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *