भक्तपुरबाट एकै दिन ७ जना पक्राउ

फैसला कार्यान्वयनका लागि फरार 

भक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले फैसला कार्यान्वयनका लागि फरार रहेका ७ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले २०८३ मंसिर १ गते विभिन्न मुद्दामा फैसला कार्यान्वयनका लागि फरार रहेका ७ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये बैंकिङ कसुर मुद्दाका ५ जना रहेका छन्। उनीहरूलाई अदालतको फैसलाअनुसार जम्मा १८ दिन कैद र ५ लाख ७२ हजार ५०० रुपैयाँ जरिवाना तोकिएको थियो।

त्यसैगरी चेक अनादर मुद्दाका २ जनालाई २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

पक्राउ परेका ७ जनालाई आवश्यक कारबाहीका लागि सम्मानित जिल्ला अदालत भक्तपुरमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट कुल ५ लाख ७४ हजार ५०० रुपैयाँ जरिवाना असुल हुनुपर्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *