डा. इन्दुल केसी

द्वारिका प्रसाद पोखरेल
रचनाकार
कोटेश्वर प्रातः सायं
सुन्दरता सबमा हुन्छ, छैन इन्दुलमा जति ।
जीवनको उत्तरार्धमा पनि कत्ति धेरै जोशको गति ?
बिदाई लिन थाल्दैछ तनले तै पनि बल ।
माँगी रहेछ मनले सुनामी बैंशको भल ।।
दुई हजार तिरासिको १० भाद्र प्रकृतिको ।
उपहास नै भन्नुपर्छ देश नेपालमा क्षतिको ।।
जोश छ बिस वर्षे झैं, छैन थकान रत्तिभर ।
आत्माको बलले भन्छ, गर गर गर, अनि काम गर ।।
गान बजान साहित्य, चौतर्फी ज्ञानका धनी ।
जाग्रण छ डा. इन्दुलमा, भन्नै पर्दछ मै पनि ।।
बासै बस्छ थकान मै बरु कलम, रोकिन्न ईनको गति ।
यस्ता पौरखिको गरिनसकिने, आख्यान, वर्णन जति ।।
हाँसि खिसिक्क मुस्कान दिँदै अर्ति सँधै भरि ।
यस्ता सर्जकको जीवन चलिरहोस् यसै गरी ।।
ज्ञान, विज्ञान, साहित्य, कला संस्कृतिका धनी ।
सरलता देखेपछि यीनको, मुग्द भैहाल्छ जो पनि ।।
कोटेश्वर प्रातः सायं मैत्रि समूहले पनि ।
गर्दछौं प्रार्थना यीनको युग–युग जियोस् भनि ।।
महाँदेवस्थानको प्राङ्गणमा बसी रमेका छौं ।
वहाँको दीर्घ जीवनको कामना यहि गर्दछौं ।।
००००

Leave a Reply

Your email address will not be published. Required fields are marked *