लोकसंगीत र लोकसंस्कृतिको संरक्षण, प्रवर्द्धन तथा अन्तर्राष्ट्रियस्तरमा आदानप्रदान गर्ने उद्देश्यले चितवनमा १६औँ अन्तर्राष्ट्रिय लोकसंगीत तथा लोकसंगीत चलचित्र महोत्सव आयोजना हुने भएको छ।
‘Music for Life, Music for Survival’ भन्ने नाराका साथ आगामी नोभेम्बर २६ देखि २८ (मंसिर १० देखि १२) गतेसम्म महोत्सव आयोजना हुन लागेको हो। चितवनको भरतपुर महानगरपालिका–१३, देवतानगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (LTK) मा महोत्सव सञ्चालन हुनेछ।
महोत्सवमा विभिन्न देशका लोकसंगीत, लोकबाजा, सांस्कृतिक प्रस्तुति तथा लोकसंगीतमा आधारित चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ। पोस्टरमा नेपालसहित भारत, चीन, अमेरिका, बेलायत, जापान, इटाली, क्यानडा, फ्रान्सलगायत विभिन्न देशका झण्डा राखिएका छन्।
महोत्सवको आयोजक नेपाल लोकबाजा संग्रहालय रहेको छ भने LTk Art & Sports Academy सहआयोजक र LTK आधिकारिक साझेदारका रूपमा रहेका छन्। महोत्सवमा नेपालसहित विभिन्न देशका कलाकार तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
लोकसंगीतलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी जीवन, पहिचान र अस्तित्वसँग जोड्ने सन्देश महोत्सवले दिन खोजेको छ। ‘Music for Life, Music for Survival’ नाराले पनि लोकसंगीतको संरक्षण र निरन्तरताको महत्वलाई जोड दिएको छ।
महोत्सवको मिडिया पार्टनरका रूपमा विभिन्न सञ्चारमाध्यमहरू रहेका छन्।












Leave a Reply