एक दिबशिय स्वास्थ्य शिविर सम्पन्न

जेष्ठ नागरिक सॅघ, बागमती प्रदेश र शान्ती आश्रमको संयुक्त आयोजना तथा लायन्स क्लब अफ काठमाडौंको सहयोगमा ललितपुरको बुगमती स्थित शान्ति आश्रमका जेष्ठ नागरिकहरूलाई एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आज सम्पन्न गरियो। संयुक्त राज्य अमेरिका बाट आउनु भएका जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धि बिज्ञ डा.सबीता मल्ल ,एम.डी./ एफ ए सि पी ईण्टर्नल मेडिसिन जेरियाटिसियन बाट आश्रमका जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गरि आवश्यक निःशुल्क औषधी वितरण साथै घुडाको समस्याले ग्रस्त महिलाहरूलाई ईण्जेकसन लगाई दिनु भयो।यस्को साथै दमको,ग्यास्टिक र दुखाइ कम गर्ने औषधिसमेत वितरण गर्नु भएको थियो। कार्यक्रम मा शान्ती आश्रमका अध्यक्ष प्रा. डा. सर्बज्ञ भक्त मल्ल तथा पूर्व महासचिव प्रा. कोमल बदन मल्ल र कोषाध्यक्ष मुना श्रेष्ठ मुल्मी तथा लायन्स क्लब अफ काठमाणडौ का सेवा तथा बिपद ब्पबस्थापन समितिका संयोजक लायन् अपार खड्का र जी एल टि संयोजक लायन नरेश खडका एम जे एफ को पनि उपस्थित रहेको थियो। कार्यक्रम मा बागमति प्रदेशका पूर्व श्रम,रोजगार तथा यातायात मन्त्रि माननीय सांसद श्री प्रेम भक्त महर्जनको पनि उपस्थित रहेका थियो।उक्त आश्रमका ५० जना जेष्ठ नागरिकहरु मध्य घुँडा दुखेका १५ जनालाई सुई लगाई दिने कार्य भयो र अन्यको प्रेसर जाँच गरि आबश्यक औषधी निःशुल्क बितरक गरिएको थियो।यस्को साथै उपस्थीत सबै सहभागीहरूलाई दिउँसोको खाजाको पनि ब्यबस्था गरिएको थियो। कार्यक्रमको संयोजन तथा ब्यबस्थापन जेष्ठ नागरिक सॅघ,बागमती प्रदेशका अध्यक्ष श्री विवेन्द् भक्त प्रधानाङ्ग ले गर्नु भएको थियो।कार्यक्रममा सहभागी माननीय सांसद प्रेम भक्त महर्जनले जेष्ठ नागरिकहरुमा ऑखाको थुप्रैको समस्या भइराखेकोले ऑखा सम्बन्धित पनि एक दिने शिविर सञ्चालन गर्ने तर्फ ब्यबस्था गर्न लायन्स क्लब बाट आउनु भएका सेवा संयोजक लायन श्री अपार खड्कालाई अनुरोध गर्नु भएको थियो।सो अनुरोधलाई स्वीकार गर्दै निकट भबिष्रमा चाॅदैनैऑखा शिविर सॅचालनको लागी पहल ग्रर्ने बचन पनि दिनु भयो।शिविर विहान ११बजे शत्रु भई दिउँसो ३ बजे डा. मल्ललाई धन्यवाद दिई समापन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *