नेपाल सम्वत

सत्यराम कासिछवा
कुनै जाति व्यक्ति विशेषको होइन नेपाल सम्वत

नेवार समुदायमा म्ह: पूजाको रूपमा प्रख्यात

म्ह: पूजाको अपेक्षा आत्मा खुसी र जीवनको सार्थक

गोवर्द्धन तथा गोरु पूजा नेपालीको परम्परा मोलिक

खेती किसानका लागि उपयोगी र सहयोगी गोरुको पूजा

आत्मा शुद्धीकरण र रोगव्यादीबाट मुक्तको लागि म्ह: पूजा

नेपाल सम्वतमा नेवार समुदायको शुभकामना सहित न्हुद या र्याली

खुसी र हर्षमा सबै नेपाली ले एकताको पिट्नुपर्छ झ्याली

पर्व एक नाम अनेक जाति अनुसारको अनेक सम्वत्

गरिब किसान निमुखाको एक मात्र सम्वत नेपाल सम्वत

गरिब किसानको सामन्ती शोषकको ऋण मुक्तिको सम्झना

सम्पूर्ण नेपालीको अपनत्व गाँसिएको नेपाल सम्वतको शुभकामना