वागीश्वरी मा.वि.मा सञ्चालित टेक्स कार्यक्रम अन्तर्गतको ३ वर्षे डिप्लोमा तहका विद्यार्थीहरूलाई सीपयुक्त बनाउने उद्देश्यले सञ्चालित १ हप्ते फ्लोर प्लान डिजाइन तालिम आज सम्पन्न भयो । आजको कार्यक्रमका प्रमुख अतिथि, फ्लोर फिल्क्स हवका डाइरेक्टर सबिन न्यौपानेले विगत केही वर्षदेखि नै वागीश्वरी विद्यालय र हाम्रो कम्पनीको सम्बन्ध रहेको र प्रत्यक्षरूपमा कार्यक्रम आजको तालिम रहेको बताउनुभयो । पहिला OJT मा मात्र हाम्रो कम्पनी आउने विद्यार्थीहरू अहिले हाम्रै अफिसमा कर्मचारीरूपमा रहेको र विद्यार्थीहरूको काम राम्रो रहेको बताउनुभयो र भविष्यमा पनि यस्तै अरू फोटोसप, ग्राफिक्स डिजाइन जस्ता तालिमहरु समेत सञ्चालन गर्न सकिने बताउनुभयो । कार्यक्रमका सभापति एवम् विद्यालयका प्र.अ. कृष्णप्रसाद कर्माचार्यले विद्यार्थीहरु सैद्धान्तिक ज्ञानसंगै प्राविधिक र प्रयोगात्मक सीपहरुले पोख्त हुनुपर्ने बताउनु भयो ।वागीश्वरी मा.वि.ले कम शुल्कमा प्राविधिक शिक्षा दिने उद्देश्यले टेक्स कार्यक्रम सञ्चालन गरेको बताउनु भयो । उक्त कार्यक्रममा तालिमबाट दिक्षित विद्यार्थीहरुलाई प्रमाण पत्र तथा दुबै संस्थाबाट मायाको चिनो आदानप्रदान गरिएको थियो ।
एक हप्ते तालिम सम्पन्न












Leave a Reply