नीजि क्षेत्रबाट निर्माण सम्पन्न भई संचालनमा रहेको सोलुखोला (दुधकोशी) ८६ मेगावाट हाल सम्मकै सबैभन्दा ठूलो तथा देशकै तेस्रो ठूलो जलविद्युतको साहस उर्जा लिमिटेडले कार्तिक ४ गते काठमाडौंमा चार आर्थिक वर्ष २०७७/०७८, २०७८/०७९, २०७९/०८० र २०८०/०८१ को साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभामा कम्पनीका अध्यक्ष हिमराज पाठकले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले ८ प्रतिशत बोनस शेयर र शतप्रतिशत हकप्रद शेयरको विषय समेत पारित गरेको छ । साधारण सभालाई प्रमुख अतिथि कम्पनीका सल्लाहकार डा. डिल्लीराम खनाल र विशिष्ठ अतिथि सल्लाहकार रामेश्वर खनालले शुभकामना मन्तव्य दिएका थिए । प्रमुख अतिथि खनालले कम्पनीले उर्जा क्षेत्रमा ब्रेकथु् गरेको बताए । अर्का विशिष्ट अतिथि रामेश्वर खनालले आर्थिक वृद्धिदर र निर्यात वृद्धिमा कम्पनीले उल्लेखनिय योयदान पुर्याउने गरेको बताए ।
साधारण सभामा विभिन्न शेयरधनी महानुभावहरुले समेत बोलेका थिए । कतिपय शेयरधनीहरुले लिखित सुझाव समेत पेश गरेका थिए । कम्पनीका शेयरधनी शत्रुघन श्रेष्ठले कम्पनीले वितरण गर्ने भनेको ८ प्रतिशत बोनस शेयरको विरोध गरेका थिए । सो अवसरमा शेयरधनीहरुले कम्पनी मोटाउँदै जाने र शेयरधनी दुब्लाउँदै जाने अवस्था आएको बताए । यसलार्य सच्याउन समेत अनुरोध गरेका थिए ।


