भक्तपुर जिल्ला सहकारी संघले भक्तपुर जिल्लामा रहेको सहकारी सदस्यहरूलाई फागुण २४, २५ र २६ गते तीनदिने पोखरा र वन्दीपुरको भ्रमण लगेको छ । भ्रमणमा २८ जना सहभागी छन । भ्रमणको नेतृत्व जिल्ला सहकारी संघका उपाध्यक्ष हरि बल्लले लिड गर्नु भएको छ । आजै भ्रमणदलले विभिन्न ठाउँंहरुको अवलोकन गरि सकेका छन् । २५ गते भोलि शाराङ्गकोट, विन्दवासीनी ,फेवाताल रोयल पोखरा सहकारी सस्था लि, व्यास वचत तथा ऋण सहकारी सस्था लि.वन्दिपुर र २६ गते कृषक जागरण वचत तथा ऋण सहकारी सस्था लि. भ्रमण गरि भक्तपुर साँझ ६ वजे फर्किने कार्यक्रम रहेका छन् । आज पोखराको लेक साइड वस्ने भएकोछ ।
आज २४ गते सामान्य वैठक भयो । वैठकमा सस्थाको उपाध्यक्ष हरि बल्लले भ्रमणको उद्देश्य र लक्ष्यकोवारेमा सम्पूर्ण सहभागिहरूलाई जानकारी दिनुभयो । व्यवस्थापक वालकृष्ण ध्वजूले स्वागत गर्नुभयो । भ्रमण दलमा १६ वटा सस्थाका सदस्य साथीहरू सहभागी छन् । सस्थाका सहभागीहरूको परिचायत्मक कार्यक्रम पनि भएको छ ।










