भक्तपुर । समदर्शी बचत तथा ऋण सहकारी लि.को १९ औँ स्थापना दिवस फागुन १५ गतेबाट विभिन्न कार्यक्रमका साथ शुरु भएको छ । फागुन १५,१६ र १७ गते विभिन्न कार्यक्रमका साथ सम्पन्न हुने सो कार्यक्रमको पहिलो दिन बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । भक्तपुर हार्ट एण्ड डाइविजको प्राविधिकको सहयोगका सम्पन्न कार्यक्रम सुगर, ब्लडप्रेसर जाँच, क्रेटिनाइन,इसीजी, आदि परिक्षण गरेको थियो । आजै एक कार्यक्रमका बीच कार्यक्रमको उद्देश्य प्रष्ट पार्दै समदर्शी बचत तथा ऋण सहकारी लि. का सचिव विश्वबहादुर दुवालले संस्थाको ऐतिहासिक पृष्ठभूमि बताउदै संस्थाले हरेक वर्ष सामाजिक क्रियापलाप गर्दै आएको बताउनुभयो । उनले सबै सदस्य स्वस्थ्य हुनु पर्ने कुरा बताउदै सदस्य स्वस्थ्य रहेमा मात्र संस्था स्वस्थ्य रहने कुरा बताए । संस्थाको स्वास्थ्य उपसमितिका संयोजक रीता ध्वोजूको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा भक्तपुर हार्ट एण्ड डाइविटिज सेन्टरका संस्थापक एवम् स्वास्थ्य उपसमितिका सदस्य बिरेन्द्रकाजी प्रधानाङगले मानिसका लागि शरीर स्वस्थ्य हुनुपर्ने आवश्यकता माथि चर्चा गर्दै समयमै स्वास्थ्य परिक्षण गर्ने गरेमा फाइदा हुनेकुरा बताए ।










