शुभलाभ साकोसको १३ औं बार्षिक साधारण सभा जुम अनलाइन मार्फत सम्पन्न

अनिल फोजु
भक्तपुर । शुभलाभ बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा जुम अनलाइन मार्फत सम्पन्न भयो । उक्त कार्यक्रमको समुदघाटन नेपाल मजदुर किसान पार्टी केन्द्रिय समितिका सचिव एव संघीय प्रतिनिधि सभासद् प्रेम सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सहकारी संस्थाले सदस्यहरुको आर्थिक समानतका लागि उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुको साथै सीपमूलक तालिमहरु प्रदान गनुपर्ने आवश्यकता औल्याउनु भयो । देशको आर्थिक उन्नति र प्रगति त्यतिवेला मात्र सम्भव छ । जुन वेला युवा वर्गलाई स्वदेशमै कल कारखानाहरु सञ्चालन गरी रोजगार प्रदान गर्न सकिन्छ ।
सरकारले समयमै मल आयात गरी किसानहरुलाई मल वितरण गर्न असफल भएको मात्र होइन,  ठेक्कापा र कमिशनको खेलमा अल्झिएर किसानहरुको अन्न उत्पादनमा ह्रास आउनुमा सरकार दोषी रहेको कुरा बताए । जसले गर्दा देशको खरबौ रुपैया घाटा भएको र देशका शासक दलहरु भाफियाहरुको चंगुलमा फसेको कारणले गर्दा नेपाली जनताहरुले दुःख पाएको कुरा बताए ।  
 उक्त साधारण सभामा सञ्चालन समितिको तर्फबाट प्रस्तुत प्रतिवदेन अनुसार कूल वासलात ७ करोड ४२ लाख ५२ हजार १ सय ३ रुपैया रहेकोमा जसमध्ये शेयर पूँजी ८४ लाख ७० हजार ४ सय रुपैया  र जगेडा कोष ८१ लाख २२ हजार ४ सय ८४ रुपैया रहेको प्रतिवेदन प्रस्तुत गरियो । साथैै सो सभामा संस्थाको भावी नीति तथा कार्यक्रम पनि प्रस्तुत गरियो ।