युरेसिया पुरस्कारले अन्तर्राष्ट्रिय सहकार्यको विकास, परम्परागत मूल्य–मान्यताको संरक्षण तथा युरेसियाली क्षेत्रमा सांस्कृतिक सम्बन्ध सुदृढ गर्न उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्दछ। यो पुरस्कार ‘युरेसिया’ नामक संस्थाले रोसोत्रुद्निचेस्ट्भोसँगको सहकार्यमा स्थापना गरेको हो। सन् २०२६ मा आयोजित यस प्रतियोगितामा ७३ देशबाट कुल ५ हजार ५१२ वटा आवेदन प्राप्त भएका थिए। श्रेष्ठ ‘सोसाइटी अफ कोअपरेसन एन्ड फ्रेन्डसिप विथ नेपाल’ को साहित्य आयोगका उपाध्यक्ष, मित्रकुञ्जका उपाध्यक्ष तथा नेपाल–रुस साहित्य समाजका महासचिव हुन्। उनले मेरा सोभियत सम्झनाहरू र हजारौँ विजय लगायतका विभिन्न गैरआख्यानात्मक पुस्तकहरू लेखेका छन्। उनको परियोजना ‘नेपाल र रुसका साहित्यिक समुदायलाई एकताबद्ध गर्दै देशहरू तथा जनताबीच अन्तर्राष्ट्रिय सहकार्य र संवादको विकास’ शीर्षकमा रहेको थियो। उक्त परियोजना सन् २०२६ अक्टोबर १४ मा मस्कोमा निर्णायकमण्डलसमक्ष प्रस्तुत गरी प्रतिरक्षा गरिएको थियो। पुरस्कार प्राप्त गरेपछि श्रेष्ठले भने, “यस्तो पुरस्कार प्राप्त गर्न पाउँदा म अत्यन्तै खुसी छु।”
“यस्तो पुरस्कार प्राप्त गर्न पाउँदा म अत्यन्तै खुसी छु”












Leave a Reply