मध्यपुर थिमीमा भ¥र्याङबाट खसेर महिलाको निधन

भक्तपुर । मध्यपुर थिमीमा भ¥र्याङबाट खसेर एक महिलाको निधन भएको छ। सिन्धुली दुधौली घर भई हाल मध्यपुर थिमी नगरपालिका वडा नं. ९ लोकन्थली बस्दै आएकी ३० वर्षिया लिला सदाको मृत्यु भएको हो।

मिति २०७८÷०३÷१९ गते अन्दाजी २२ः२० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ लोकन्थली रमाईलो चोक स्थित ऐ. बस्ने राजु श्रेष्ठको ४ तले निर्माणाधिन घरमा काम गर्ने र रेखदेख गर्न भनी बसेका जिल्ला सिन्धुली दुधौली घर भएका राम कुमार सदा, श्रीमती लिला सदा र छोरी बेलुकाको खाना खाएर श्रीमती बर्ष ३० की लिला सदा छतमा सुत्न जान्छु भनि गएकोमा निर्माणाधिन घरको रेलिङ नभएको तेस्रो तलाको भर्या०ङबाट अचानक भुईतलामा खस्न गई घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटि गई घटनास्थल लाश जाँच प्रकृति मुचुल्का पश्चाात लाश पोष्ट मार्टमका लागि मिति २०७८÷०३÷२० गते के.एम.सी. अस्पताल दुवाकोट भक्तपुर पठाईएको । थपःअनुसन्धान कार्य भईरहेको छ ।