भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरको नेतृत्वमा गएको पदाधिकारी एवं कार्य समिति सदस्यहरुको टोलीले तीन छुट्टाछुट्टै कार्यक्रमहरुमा चाँगुनारायण नगरपालिकाका नवनिर्वाचित प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, मध्यपुर ठिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय कृष्ण श्रेष्ठ तथा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा र उपप्रमुख सरिता भट्टराई (तिमिल्सेना)लाई बधाई एवं शुभकामना व्यक्त गर्यो ।
उक्त अवसरमा नवनिवार्चित प्रमुख तथा उपप्रमुखहरुले बधाई तथा शुभकामनाको लागि भक्तपुर उद्योग वाणिज्य संघ परिवारलाई धन्यवाददिनु भएको थियो । उहाँहरु सबैले संघसित सहकार्य गरी स्थानीय आर्थिक उत्थानका कार्य गर्ने बताउनुभएको थियो ।
सो अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरले नवनिर्वाचित प्रमुख, उपप्रमुखलगायत नगरपालिकाका सम्पूर्ण निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै भक्तपुर जिल्लाका नगरपालिकाहरुले आगामी दिनहरुमा भक्तपुर उद्योग वाणिज्य संघसंग मिलेर यी नगरहरुको स्वास्थ्य, सर–सफाई, पर्यटन, र पर्यावरणीय सुधारमा सहकार्य गरी अघि बढनुपर्ने आवश्यकता औंल्याउनुभयो र यसका साथसाथै उहाँले भक्तपुरको उद्योग व्यवसायको हित र प्रबद्र्धनका लागि नगरको भावी योजनामा यहाँको हस्तकला, कृषि तथा पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएर कार्यक्रमहरु लागू गर्न अनुरोध गर्नुभयो । उहाँले युवा तथा महिलाहरुको लागि सीप विकास तालिम र उद्यमशीलता विकास सम्बन्धी कार्य गरी स्वरोजगार प्रवद्र्धनमा मिलेर जानुपर्ने विषयमा जोड दिनुका साथै नगरहरुको विकासमा सहयोगी भूमिका निर्वाह गर्न संघ तयार रहेको बताउनुभएको थियो ।
उक्त अवसरमा संघका निवर्तमान अध्यक्ष प्रदीप श्रेष्ठ, बरिष्ठ उपाध्यक्षश्री रोशनीमैयाँ धौबन्जा, उपाध्यक्ष कृष्ण मुरारी न्यौपाने, उपाध्यक्ष राजेन्द्र प्रजापति, उपाध्यक्ष गणेश हरी प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल तथा कार्य समिति सदस्यहरु नविन प्रजापति, अमर बहादुर मानन्धर, गोकर्ण न्यौपाने, जितेन्द्र खायमली राजेश त्वानाबासु, श्याममानन्धर, मधुसुदन खडका, रोशन राजअर्याल, र सुरेन्द्र प्रजापतिको पनि उपस्थिति रहेको थियो ।










