काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ल्याएको बजेटको कार्यान्वयन पक्षमा ध्यान दिन उद्योगी, व्यवसायीहरुले आग्रह गरेका छन् ।
मिडिया इन्टरनेसनलले सोमबार आयोजना गरेको वेवीनार कार्यक्रममा उनीहरुले सरकारले ल्याएको बजेटको प्रावधानहरु सकारात्मक रहे पनि कार्यान्वयन पक्ष त्यतिकै चुनौतीपूर्ण रहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले बजेट भाषण भन्दा पनि कार्यान्वयनको पाटो महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बजेट भाषण आफँैमा खराब हुँदैन । बजेटमा सरकारले दिन्न भन्ने केहि छैन । सबै चिज दिन्छु भनेको छ । तर कार्यान्वयनको पाटो कस्तो हुन्छ भन्नेमा ध्यान दिनुपर्ने देखिन्छ ।’
उहाँले गतवर्षको बजेट पनि राम्रै रहेको तर कार्यान्वयन हुन नसकेको स्मरण गर्नुभयो । तल्लो तप्काका जनता जो कमाएर साँझ बिहान हातमुख जोड्नुपर्ने अवस्थाका छन् उनीहरुलाई बजेटले के इफेक्ट गर्ला भन्नेमा ध्यान दिनुपर्ने श्रेष्ठको भनाइ छ ।
उहाँले सरकारले बजेटमार्फत साना तथा मझौला उद्योगलाई छुट दिने भने पनि जब व्यापार नै छैन भने छुटको के मतलव भयो ?भन्दै प्रश्न गर्नुभयो ।
अहिले सरकार ऋणात्मक बजेटमा रहेको भन्दै उहाँले यो अवस्थामा सरकारले सामाजिक सुरक्षाभत्ता, राष्ट्र सेवकको भत्ताबढाउन नहुने बताउनुभयो ।
उहाँले भन्नभयो, ‘जब देश समृद्धि हुन्छ, तब सामाजिक सुरक्षा बढाउनु राम्रो हुन्छ । अहिले १०० बढाएर केहिउपलब्धी हुन्छ जस्तो लाग्दैन । राष्ट्रसेवकको २ हजार तलव बढाएर केहि फरक पार्दैन । यो देखावटी मात्र हो ।’
कार्यक्रममा नेपाल हिमालय सिमापार व्यापार संघका उपाध्यक्ष नयनबहादुर पण्डित क्षेत्रीले सरकारले ल्याएको बजेटमा स्वास्थ्य क्षेत्र, साना तथा मझौला व्यवसाय, विद्युतीय सामानको भन्सार छुट लगायतका पक्षलाई समेट्न सकेको भन्दै यो राम्रो पक्ष रहेको बताउनुभयो ।
उहाँले बजेटले स्वदेशीउत्पादनलाई महत्वदिएको भन्दै लागु भएमा नेपालको उत्पादन क्षेत्रमाआत्मनिर्भर बन्न सक्ने बताउनुभयो । बजेट राम्रोसँग कार्यान्वयभएमा नेपालको आर्थिक विकासमा टेवापुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘बजेटले धरासायीभएकाव्यवसायलाई पुनर्कर्जाको व्यवस्था गरेको छ । यो राम्रो पक्षहो ।तर कार्यान्वयनपक्ष कस्तो हुन्छ,त्यसमाध्यानदिनुपर्ने देखिन्छ ।’
हस्तकला महासंघवागमतिप्रदेशकाअध्यक्षहोमनाथउपाध्ययले बजेट कार्यान्वयनमाविशेष ध्यानदिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजेटमा ६२ प्रतिशत राजस्व असुलीभन्ने छ,त्यो कति सम्भव छ । त्यसतर्फ ध्यानदिनुपर्नेछ ।’ गतवर्षहरुमापनि सरकारले सर्टिफिकेट धितोमा राखेर लोन दिने भनेपनिखासै कार्यान्वयनहुनु नसकेको उहाँको भनाइ छ ।
सरकाले ल्याएको बजेट कार्यान्वयमा सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममामिनरल वाटर एसोसिएसनकापूर्व अध्यक्षधर्मनन्दश्रेष्ठले चुनावलाई रिझाउने खालको बजेट आएकोबताउनुभयो ।
अध्यादेशबाट बजेट आएको भन्दै राजनीतिक तरलताकाकारण सकारात्मक रुपमालिननसकिएको उहाँको भनाई छ । अर्बौ रुपैयाँको आयत गरेर देश घाटामा गएको अवस्थामाउत्पादनलाई बजेटले छुन नसकेको उहाँले बताउनुभयो ।चुनावी बजेट भएकाले उत्साहितहुनुपर्ने अवस्था नरहेको उहाँको भनाई छ ।
नेपालव्यापार संघका अध्यक्षकुमार कार्कीले कार्यान्वयनमाध्यानदिन सके बजेटले सबै कुरा समेटेको बताउनुभयो । तर बजेटले लत्ताकपडा आयतमाभन्सार छुट दिननसकोको भन्दै चर्को भन्सार कर तिर्न बाध्यभएको गुनासो गर्नुभयो ।
राष्ट्रिय व्यापार संघका उपाध्यक्ष सरोजकुमार श्रेष्ठले सरकारले उद्योग क्षेत्रमाव्याजदरकमी गरेपनिपहुँचवालालाई मात्र सहजभएको बताउनुभयो । कोरोनाकाकारण उद्योग, व्यापारको अवस्थानाजुकभएको अवस्थामापुनरुत्थानगर्ने नीतिगत रुपमा सरलिकृत हुनुपर्ने उहाँको भनाइ छ ।
मह व्यावसायीधर्मराजश्रेष्ठले कृषि क्षेत्रमापनिकच्चापदार्थ र कामदारको अभावहुनथालेको बताउनुभयो ।
कृषि क्षेत्रलाई बैंकले व्याजदरमा छुट नदिएको उहाँको गुनासो छ । नेपालमौरीपालनमाआत्मनिर्भर हुननसकेको भन्दै अन्य देशबाट मह ल्याउनु परेको बताउनुभयो ।
व्यावसायी रमेशचन्दवादे श्रेष्ठले बजेटमा मेडइन नेपाल र मेकइन नेपालभन्ने अवधारण राम्रो रहेको बताउनुभयो । आयतप्रतिस्थापनगर्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ । विगतमा बजेट कार्यान्वयको पक्षफितलो हुने गरेको भन्दै उहाँले बजेट सहि कार्यान्वयनहुनुपर्नेमाजोड दिनुभयो ।
कार्यक्रममाहोटल व्यवसायीकमलशर्माले बजेट सुन्दा राम्रो देखिएको तर व्यबसायीले प्रत्यक्षलाभलिननसक्ने बताउनुभयो । उहाँले पनिबजेटको कार्यान्वयनपक्षलाई सरकारले प्राथमिकताका साथ हेर्नुपर्नेमाजोड दिनुभएको थियो ।










