भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरका आयोजनामा शनिबार भक्तपुरमा एक कार्यक्रमवीच पत्रकारिता तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरियो । साथै पत्रकारिताका तालिमका प्रशिक्षणकहरुलाई पनि प्रमाणपत्र वितरण गरियो ।
जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले उनीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । साथै स्वतन्त्र पत्रकार संघका साधारण सदस्यहरुलाई परिचतय पत्र (प्रेस पास) र प्रेस ज्याकेट पनि वितरण गरियो ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय वरिष्ट उपाध्यक्ष केवी सम्राटले पत्रकार वन्नु त स्वतन्त्र वन्नु स्वतन्त्र नै हो पत्रकार भन्नु भन्ने नाराका साथ स्वतन्त्र पत्रकार संघ केन्द्रिय समिति गठन गरी जिल्ला जिल्लाहरुमा स्वतन्त्र पत्रकारिताको पक्षमा काम भइरहेको बताए ।
कार्यक्रममा तालिमका प्रशिक्षकहरुकोतर्फबाट प्रधानाध्यापक हरिप्रसाद ढकाल र प्रशिक्षार्थीहरुको तर्फबाट डा रोशनी नापितले प्रशिक्षणबारे आफनो धारणा राखे । कार्यक्रममा संघका अध्यक्ष डा केसी, डा कोजू, तालिम संयोजक किसीले बोलेका थिए ।








