सत्यराम कासिछ्वा
भक्तपुर । नेपाली सांगीतिक क्षेत्रका हस्ती संगीतकार तथा गायक राजकुमार मानन्धरको नयाँ गीत ने त्वने यत्तले धेबा दत्तले बोलको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । यो गीत २०१८ मा सार्वजनिक गरिएको ने त्वने यत्तले धेबा दत्तले को म्युजिक भिडियो भाग २ को रुपमा पस्किएका छन् । गायक राजकुमार मानन्धरको आफ्नै संगीत कम्पोजिसन, स्वर, शब्द तथा जुगल डंगोलको संगीत संयोजनमा रचिएको यो गीत राजकुमार मानन्धर नामको आत्मो राज नामक युट्युवद्वारा सार्वजनिक गरेका छन् । रामकृष्ण खड्गीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा चर्चित कलाकार मनोज महर्जन र मिस नेवा २०२२ सलिना महर्जनले मुख्य भूमिका खेलेका छन् । गीतमा समाजमा घटेका अपाच्य समस्या र वास्तविकताहरुलाई व्यङगात्मक तथा मनोरन्जनात्मक शैलीमा प्रस्तुत गर्दै सकारात्मक समाधान खोजी, आपसी समन्वयमा जीवन बाँच्ने सन्देश पनि दिएका छन् । गायक, गीतकार, संगीतकार अनि बहुवाद्यवादकको परिचयसँगै कयौं अवार्डहरुबाट सम्मानित भैसकेका राजकुमार मानन्धरको नेवारी कला, संस्कृति र संगीत क्षेत्रमा ठुलो योगदान रहेको छ। सार्वजनिक गरिसकेका उहाँका धेरै गीतहरुमध्ये ने त्वने यत्तले, कागती पाउँसे चोङ, दपिनी द्यःबोयेकी, दिलमाया, भुतिमाली बापात्या, छंगु मतिना आदि धेरै चलेका गीतहरुमा पर्दछन् । उहाँका अनुसार अझ धेरै नयाँ सिर्जनाहरु बजारमा आउने क्रममा छन्।











Leave a Reply