न्याय घर र नयाँ नेपाल सामाजिक संस्थाको आयोजना तथा राजर्षि जनक विश्वविद्यालयको सहकार्यमा सतलोक आश्रम धनुषाको सहयोगमा मधेश प्रदेशको राजधानी जनकपुरस्थित मसला कटेजमा दोश्रो मधेश कानुनी शिक्षा सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। कार्तिक १३ गते सुरु भएको यो दुईदिने कार्यक्रम १४ गते सम्पन्न भएको छ।
कानुनका सैद्धान्तिक पक्षलाई व्यवहारमा उतारी व्यावहारिक सीप, व्यावसायिक नैतिकता, प्रविधिको प्रयोग, समावेशी न्याय तथा न्यायमा पहुँचसँग जोड्नु यस सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। कार्यक्रममा कानुनका विद्यार्थी, युवा कानुन व्यवसायी, प्राध्यापक, कानुनी क्षेत्रका विज्ञ तथा सरोकारवालाहरू एउटै साझा मञ्चमा उपस्थित भई शिक्षा र न्याय प्रणालीमा देखिएका चुनौती, सम्भावना तथा सुधारका उपायहरूबारे गहन छलफल गरेका थिए।
कार्यक्रमको पहिलो दिन करिब १५० जनाको उपस्थिति रहेको थियो भने दोस्रो दिन सहभागी सङ्ख्या ३०० पुगेको थियो। कार्यक्रममा मधेश प्रदेशका सभामुख राम आशिस यादव र मधेश प्रदेशका मुख्य न्यायाधीश सुनिल रन्जन सिंहको उल्लेखनीय उपस्थिति रह्यो।
सम्पूर्ण सहभागीहरूका लागि खानाको व्यवस्था र बसोबासको सम्पूर्ण खर्च सन्त रामपाल जी महाराजको निर्देशनमा सतलोक आश्रम धनुषाले व्यहोरेको थियो। बिहान नास्ता, दिउँसो खाना र बेलुका खानाको व्यवस्था मिलाइएको थियो। नास्तामा जेरी, पुरी, तरकारी, सलाद, पापड, दही तथा चिया-कफी उपलब्ध गराइएको थियो भने मुख्य खानामा दाल, भात, पनीरको तरकारी, मिक्स भेज, पापड, विभिन्न थरीका अचार, सलाद र दहीसहित शुद्ध शाकाहारी भोजनको राम्रो प्रबन्ध गरिएको थियो।












Leave a Reply