जेठ २६/ भक्तपुर
नेपाल तरुण दल भक्तपुर जिल्ला सुर्यबिनायकको नगर अधिवेशन सम्पन्न भएको छ ।नेपाली काङ्ग्रेस सुर्यविनायक नगरकार्यसमितिको पार्टी कार्यालयमा नगर अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट रन्जन बस्नेत नगर अध्यक्षमा निर्वाचित भएका छन । अधिवेशन बाट नौ (९) जना जिल्ला प्रतिनिधि चयन भएका छन ।हरि खड्का ( खस आर्या) ,बिजेश जोशी( खुल्ला ) ,सुरेन्द्र श्रेष्ठ(खुल्ला ) ,सायना केसि ( खुल्ला महिला) ,सबिता डागी ( आदिवासी जनजाती महिला) ,कुमार रानामगर( आदिबासी जनजाति ) ,निकेश नेपाली(दलित पुरुष) ,बस्ती अचछामी (दलित महिला ) ,श्याम कुमार माडी श्रेष्ठ(फरक क्षमता ) जिल्ला प्रतिनिधि चयन भएको निर्वाचन अधिकृत अधिवक्ता शेषांश गिरिले जानकारी दिएका छन । नेपाली काङ्ग्रेस पार्टी जिल्ला सभापती एवं संघीय सांसद माननिय दुर्लभ थापाज्युको प्रमुख आतिथ्य ,तरुण दल पुर्व अध्यक्ष विनोद कायस्थज्युको विशेष आतिथ्य ,पार्टीको सुर्य बिनातक नगर सभापती निशान ढुङ्गेलज्युको विशेष आतिथ्य जिल्ला अधिवेशन संयोजक राजु थापाज्युको विशेष आतिथ्यमा कार्यक्रम आयोजना भएको छ । कार्यक्रममा जिल्लाको पार्टीको नेता हरु एवं तरुण कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थ्यो । नेपाल तरुण दल भक्तपुर जिल्ला सुर्यविनायक नगर अध्यक्ष उमेश अधिकारीज्युको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ ।










