भक्तपुर । भक्तपुरको जगातीमा रहेको यातायात व्यवस्था कार्यालय सारेपछि पीडितहरुले विरोध जनाएका छन् । आइतबार पत्रकार सम्मेलन गरी उनीहरुले विरोध जनाएका हुन् ।
सम्मेलनमा पीडितकातर्फबाट लक्ष्मी कार्कीले आर्थिक चलखेलका कारणले कार्यालय सारेको दावी गरे । कार्यालय प्रमुख नेत्र भटराइले आर्थिक चलखेल गरी कार्यालय सारेको आरोप उनले लगाएका छन् ।
कार्यालय अहिले अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमिको राधेराधेबाट करिव पाँंच सय मिटर भित्र कालोपत्रे सडकसँंगै पुरानो घरमा सारिएको छ । कार्यालय यसअघि पाँचवर्षदेखि जगातीको राजु अवाको घरमा भाडामा थियो ।










