चाँगुनारायण साहित्यिक समाजको चौंथो साधारणसभा सम्पन्न

भक्तपुर । चाँगुनारायण साहित्य समाज, झौखेल, भक्तपुरको चौंथो साधारणसभा आज सम्पन्न भयो । सिस्नुपानी नेपालका संस्थापक श्री कृष्णमुरारी गौतम (चट्याङ मास्टर)को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा चट्याङ मास्टरलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
साहित्यकारहरू  रामशरण न्यौपाने, डिल्लीप्रसाद न्यौपाने र सकुन्तला महर्जनको तीन सदस्यीय निर्वाचन समितिको सक्रियतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । उक्त नयाँ कार्यसमितिका पदाधिकारीहरू यस प्रकार रहेका छन् । अध्यक्ष लालबहादुर भूजेल, उपाध्यक्ष रामेश्वर थापा, सचिव बाबुकाजी सुवाल, कोषाध्यक्ष लक्ष्मी थापा र सदस्यहरू  बसन्त नकर्मी, राममणि ढुंगेल, तेजकृष्ण श्रेष्ठ, सुरेन्द्र साखकर्मी र तारा गाउँले सर्वसम्मत रुपमा छनौट भएका छन् ।
प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै चट्याङ मास्टरज्यूले सबैले वृद्ध जीवन बिताउनु पर्ने भएकोले बुढ्यौली साहित्य रचनातिर पनि ध्यान दिनुपर्ने बताउनुभयो । उपाध्यक्ष रामेश्वर थापाले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा सुसेली मञ्चका अध्यक्ष दुर्गा अधिकारी भवरकोटेले शुभकामना मन्तव्य दिनुभएको थियो भने चाँगुनारायण साहित्यिक समाजका सचिव बाबुकाजी सुवालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।