गुरु गणेशको साधारणसभाको सिंहावलोकन एवं अर्धवार्षिक समीक्षा सम्पन्न

गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं वार्षिक साधारणसभाको सिंहावलोकन एवं अर्ध वार्षिक समीक्षा एक समारोहबीच कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा अतिथि सल्लाहकार रामकृष्ण प्रजापतिले अर्ध बार्षिक समिक्षात्मक प्रतिवेदन प्रस्तुत गरिरहँदा अहिले नै बार्षिक लक्ष्य मिट हुने गरी कार्य गरेकोमा संचालक समिति लगायत लेखा समिति, उपसमिति र कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु । उहाँले सहकारी शुभलाभ र नाफा घाटा भन्दा पनि सदस्यहरुको हितमा र संस्थागत विकासको लागि सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । उहाँले सबैमा सफलता प्राप्त भएपनि केहीमा कमिकमजोरी देखिएको छ जस्तै नाफामा १० प्रतिशत हुनु पर्नेमा ०।२२ प्रतिशतमात्र देखिएको छ । तरलता बढी हुनु र व्याज उठाउन बाकि भएकोले यस्तो देखिएको बताउँदै सहकारी सदस्यहरुलाई सहकारी मुल्य मान्यता र सहकारी सिद्धान्त अनुसार अगाडि बढाउँदा सहकारी लक्ष्य पूर्ति हुने बताउनु भयो । उहाँले सहकारी समिक्षाले संस्था कता तिर गइरहेको छ प्रगति र अद्योगति के भई रहेको छ थाहा पाउने र आफुले जम्मा गरेको निक्षेप केमा लगानी भई रहेको छ भने समेत यसले थाहा पाउनुका साथै हिसाब किताब अनियमितता छ छैन समेत थाहा पाउने भएकोले कार्यक्रममा सदस्यहरु सकृय सहभागी हुनु पर्ने बताउनु भयो । कार्यक्रममा सल्लाहकार एबम् वडा सदस्य इन्द्र बहादुर प्याठले काम गर्दा कमि कमजोरी हुने भएकोले आफ्नो कमजोरी आफैले नदेख्ने भएकोले सिहाबलोकन आवश्यक भएको बताउँदै कोभिडले गर्दा तरलता बढी भएको तर निराश हुनुपर्ने आवश्यकता नभएको बताउनु भयो । उहाँले अनुशासन, आचार संहिता र समयको ख्याल गर्नु पर्ने बताउँदै यो विद्यालयका प्रशिक्षण लिएको सरह भएको बताउनु भयो । उहाँले नगरपालिकाले स्वास प्रस्वास पुर्नःस्थापना केन्द्र सञ्चालन भई दमका रोगीहरुलाई नेपाल मै पहिलो पटक खोलिएको भएकोले मौकाको फाइदा उठाउन र ख्वप अस्पताल सञ्चालन कोभिडको विशेष अस्पतालका रुपमा ब्रम्हायणीको बहुउद्देश्यीय भवनका खोल्न लागेको बताउँदै भक्तपुर नगरपालिकाले आदर निकेटन विधेयक पास गरी सकेको र निकट भविष्य मै बृद्धबृद्धाको लागि दिवा सेवा स्याहार सुसार खोल्न लागेको बताउनु भयो ।     उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्रीप्रसाद प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष कृष्णराम कासिछ्वा, कोषाध्यक्ष श्री तुल्सी केशरी छुंजु(प्रजापति)बाट आ.व. २०७७।०७८ को अर्ध वार्षिक समीक्षा पेश गरिनुका साथै संस्थाको गतिविधीबारे थप प्रस्ट्याउनु भयो । उक्त कार्यक्रम संस्थाका सचिव सत्यराम ज्ञामरुले कार्यक्रम संचालन गर्नुभएको थियो ।