भक्तपुर । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को १० औं स्थापना दिवस एक समारोह बीच शुक्रबार बागिश्वरीको तपाडोंफोमा अभिभावक संघ नेपाल भक्तपुरका अअध्यक्ष रामकृष्ण प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण प्रजापतिले स्थापना दिवसको अवसरमा स्थापना दिवस मनाउने भनेको संस्थाका गतिविधि समिक्षच गर्नुका साथै कतिको प्रगति गर्न सक्यो भन्ने मुल्याङ्कन गर्ने हो भन्नुभयो । उहाँले जिल्ला सहकारी संघ भक्तपुरले केदारनाथ सकोसलाई भक्तपुरको उत्कृष्ट सहकारीको सम्मान पनि आजै प्राप्त गर्न सफल भएकोमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले समुदायमा आधारित सहकारी संस्थाा बनाई सदस्यहरुको समाजिक र आर्थिक स्तर उकास्न र समाजको प्रगतिको निम्ति कतिको भुमिका निभाउन सकेको छ त्यसको निम्ति सहकारी मुल्यमान्यता र सिद्धान्तमा संचालन गर्नु पर्ने बताउनु भयो । उहाँले समुदायमा आधारित सहकारी सहकारी बनाई सदस्यहरुको सामाजिक र आर्थिक स्तर उकास्न र समाजप्रतिन उत्तरदायी बनाई समाजको प्रगतिको निम्ति भुमिका निभाउन सकेकोमा बर्धा दिनुभयो । उहाँले सहकारीमा संचालन र उपसमिति, शेयर सदस्यहरु र कर्मचारीहरु ट्राइ साइकलको तीन पाङ्गा्र भएको बताउँदै एउटाले कमजोरीको फड्को मार्न ग¥हो हुने बताउनु भयो । उहाँले सहकारी नीति बनाई अगागि बढे भेदभाव अनुसार नगर्ने बताउँदै सहकारी आन्दोलनमा केदारन नाथ सकोसको प्रगति सहकारी आन्दोलनमा एउटा ईट्टा थपेको बताउनु भयो । उहाँले कोषध्यक्ष साजन कसपाले संस्थाको प्रगतिमा संस्थापकहरु र कर्मचारी संस्थाहरुको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो ।
कार्यक्रममा कोषाध्यक्ष साजन कस्पालले संस्थाको महत्वर्पूणभुमिका रहेको र कर्मचारीहरुको मेहनतको देश हो भन्नुभयो । संस्थाका अध्यक्ष राजभाइ तजलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा व्यवस्थापक दयाराम तजले पनि बोल्नुभएको थियो । छोटो समयमा २९०० सदस्य बनाउन सफल भएको र वासलात ३७ करोड बनाउन सकेकोमा शुभकामना व्यक्त गर्नुभयो ।










