भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ९ कमलविनायक दुमुचो दुगुरो प्लानिंगभित्र डिएमसी किचेन फ्यामली रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ । रेष्टुरेन्टको भदौ १५ गते शुक्रबार एक कार्यक्रमवीच उदघाटन हुने भएको छ ।
उदघाटनको अवसरमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै स्पेशल अफरहरु पनि राखिएका छन् । नेपाल आइस वियर र बडवाइजर वियर दुवैमा वाई टु गेट वान अर्थात् दुई वटा किनेपछि एउटा निःशुल्क पाउने व्यवस्था राखिएको हो ।
रेष्टुरेन्ट कमलविनायक पोखरीको पिपलबोटबाट झण्डै एक सय मिटर दक्षिणमा रहेको छ । रेष्टुरेन्ट कर्माचार्य कम्प्लेक्सको तेश्रो तल्लामा रहेको छ । यहाँं एकैपटक ९२ जनासम्मलाई सेवा दिनसक्ने गरी कुर्सीको व्यवस्था छ । साथै कार्यक्रम गर्नुपरेमो स्टेजको पनि व्यवस्था रहेको छ ।
भक्तपुरकै स्थानीय विक्रम कर्माचार्यले रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । कर्माचार्यले आफनै कर्माचार्य कम्प्लेक्समा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । रेष्टुरेन्टमा विहानदेखि बेलुकीसम्मका सम्पूर्ण परिकारहरुको स्वाद लिन सक्ने रेष्टुरेन्ट सञ्चालन कर्माचार्यले जनाए । विहानको चियादेखि रातिको खाना, स्न्याक्स, डिनर सवै सुविधा रहेको उनले जनाए ।










