भक्तपुर । भक्तपुरको कमलबिनायक आवास क्षेत्रमा २५ वटा पसलहरु अनुगमन गरिएका छन् । जसमा ८ वटा दर्ता नभएको अनुगमन टोलीले जनाएको छ।
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराले ८ ओटा पसललाई दर्ता नभएको पाएको बताए।
अनुगमनमा ॐकस्मेस्टिक सामान सप्लायर्समा दर्ता नभएकोले दर्ता गराई म्याद नाघेको सामानहरु एन्टी हेयरलोस ४ वटा, इन्गेज पकेट पर्फुम १ वटा, हेयर स्पे्र १ वटा, इन्टीसिङ पर्फुम १ वटा, सेटवेट पर्फुम १ वटा, सनस्लिक स्याम्पु १ वटा जफट गरी नष्ट गरियो भने म्याद नाघेको सामानहरु बरोबर चेक गर्ने र पसल व्यवस्थित र सरसफाईमा ध्यान दिन निर्देशन दियो ।
राजेन्द्र सितिखुको अन्य पसल दर्ता नभएकोले दर्ता गराई साइनवोर्ड राख्न, मुल्य सूचि राख्न, प्याकेजिङ सामाानमा खाद्य अनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्ने, पसल व्यवस्थित र सरसफाईमा ध्यान दिन निर्देशन दियो ।
ओम तरकारी तथा किराना पसल नविकरण गर्ने, मुल्इ सूचि राख्ने, म्याद नाघेको सामानहरु प्रारम्भ स्टिक चाउचाउ ४ पाकेट, पशुपति पापड ७ पाकेट, बेगन २ वटा, सेफ्टि प्याड ७ पाकेट जफत गरी नष्ट गरियो भने पसल सरसफाई गर्ने र व्यवस्थित गर्ने र तराजु नापतौल विभागमा नविकरण गर्ने निर्देशन दियो ।
सुसख डेरी एण्ड बेकरीमा प्याकेजिङ सामाानमा खाद्य अनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्ने, म्याद नाघेको सामानहरु सेभेन अप २ वटा र स्लाईस २ वटा जफत गरिनष्ट गरियो ।
लक्ष्मी स्टोरमा म्याद नाघेको सामान स्लाईस ६ वटा जफत गरी नष्ट गरियो ।
रमि व्यूटि पार्लर एण्ड ट्रेडिङ सेन्टर नविकरण गर्ने, म्याद नाघेकोको सामानहरु क्लिनिक प्लस ठूलो १ र सानो १, स्मुथ साइन १ वटा, नाइसिल १ वटा, हर्वल जिन्जर किङ १ वटा, रोगन बदाम २ जफत गरि नष्ट गरियो ।
दत्तात्रय खाजा घर वडा नं ९ दत्तात्रयमा दर्ता गरि राखेकोले भनपा वडा नं १० कमलबिनायकमा नयादर्ता गर्न निर्देशन दियो । शैलेश इम्पेक्समा उत्पादन मिति र म्यान नाध्ने मिति र लेबल नभएको कष्मेटिक सामानहरु नबेच्न र म्याद नाघेको सामानहरु क्लासिक ओलिभ आइल २ वटा, हर्वल फेयरनेस क्रिम ४ वटा जफत गरि नष्ट गरियो ।
अनुगमनमा सदस्य हरिराम सुवाल, श्यानिटेशनका व.नि.रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक अमिर श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद बाटी, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका पोष्टराज पोखरेल, उद्योग बाणिज्य संघ भक्तपुरका विश्वराम दुवालको सहभागी रहेको थियो ।(फाइल फोटो)