सुनील सापकोटा , कौसलटार
यस संसारमा धेरै देशहरूलाई असफल राष्ट्रको रूपमा चिन्न सकिन्छ। उदाहरणका लागि, सोमालिया, साउदी अरब, सिभे रिया, र यमन जस्ता राष्ट्रहरूमा असफलता र अस्थिरता देखा परेको छ। सन् २०२३ को “Failed States Index” अनुसार सोमालिया र साइप्रस जस्ता देशहरू उच्च जोखिममा छन्।असफल राष्ट्रको अवस्थालाई सुधार गर्नका लागि राजनी तिक स्थिरता, आर्थिक सुधार, र सामाजिक समावेशीकरणमा ध्यान दिन आवश्यक हुन्छ।
नेपालको वर्तमान स्थिति र भविष्यको परिप्रेक्ष्यमा यसलाई असफल राष्ट्रको रूपमा चिन्न सकिन्छ भन्ने कुरामा धेरै पढेका बौद्धिक र राजनीतिक व्यक्तिहरूबीच बहस भइरहेको छ। नेपालले आर्थिक, राजनीतिक, र सामाजिक दृष्टिले गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ। जस्तै :
१. राजनीतिक अस्थिरता: नेपालमा लगातार आन्तरिक संघर्ष र राजनीतिक अनिश्चितता कायम छ। विभिन्न दलहरूको बीच मा खिचातानीले स्थायी सरकारको गठनमा अवरोध गरिरहेको छ। यसले नीति निर्माणमा बाधा पुर्याउँदै नागरिकहरूको जीव न स्तरमा प्रतिकूल असर पारिरहेको छ।
२. आर्थिक चुनौतीहरू: नेपालले गम्भीर आर्थिक समस्याहरू को सामना गरिरहेको छ। जसमा उच्च बेरोजगारी, गरिबी, र खाद्य सुरक्षा संकट समावेश छन्। हालका आँकडाहरूले नेपा
लको आर्थिक अवस्थाको दीर्घकालीन सुधारको आवश्यकता गर्नु पर्छ भन्ने देखाउँछ । हाल नेपालको आर्थिक प्रणालीले मात्र थोरै व्यक्तिहरूलाई लाभान्वित गरिरहेको छ।
३. सामाजिक असमानता: राज्यको सेवा र अवसरहरूमा अस मानता बढेको छ। जसले गर्दा जनतामा असन्तोष र गुनासो बढ्दै गएको छ। अत्यधिक भ्रष्टाचार र शासकीय दुरुपयोगले समस्यालाई थप गम्भीर बनाएको छ।
४. भविष्यको अनिश्चितता: केही विशेषज्ञहरूको विचारमा
नेपालले बाह्य शक्तिहरूको चासो र प्रभावका बीचमा अस्ति त्वको चुनौतीहरू समेट्नु पर्छ भन्ने छ । भारत र चीन जस्ता छिमेकी राष्ट्रहरूको रणनीतिक चासोले पनि नेपालको भविष्य मा महत्वपूर्ण भूमिका खेल्नेछ।
यसका आधारमा नेपाल असफल राष्ट्रतिर उन्मुख भएको छ भन्ने कुरा गम्भीर चिन्ताको विषय हो। यस समस्याबाट मुक्त हुनका लागि राजनीतिक स्थिरता, आर्थिक सुधार र सामा जिक न्यायका लागि सशक्त कदम चाल्न अत्यावश्यक छ।









