मध्यपुर ठिमी, भक्तपुर
आजका विद्यार्थी भोलिका उद्यमशील नागरिक हुन्, बाल्यकालदेखि नै उनीहरूलाई उद्यमशील बन्न प्रेरित गर्नुपर्दछ भन्ने अभीष्ट राखी विद्यार्थीहरुलाई प्रयोगात्मक, जीवनोपयोगी ज्ञान दिदैं आएको विनायक शिक्षा निकेतन ई. स्कुल, मध्यपुर ठिमीले यही २०८० साउन २६ गते उद्यमशीलतासँग सम्बन्धित एउटा प्रयोगात्मक सचेतना कार्यक्रमको आयोजना गर्यो। विशेष गरेर विद्यार्थीहरुलाई भविष्यमा कसरी आत्मनिर्भर बनाउने, अर्थ उपार्जनका के कस्ता कार्यक्रमहरू हुन्छन् र आर्फे उद्यामी कसरी बन्न सकिन्छ भने उद्देश्य राखी सो कार्यक्रमको आयोजना गरिएको थियो । कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरुको प्रतक्ष्य सहभागितामा आधारित उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सामाग्री वेचविखन स्टल र विभिन्न परिकार हरु खाजाका लागि बेच्न राखेको र Teach a man to fish भन्ने अन्तर्रास्ट्रिय संस्था
SECCA कार्यमा निरन्तरता:विद्यार्थीमा उद्यमशीलता कार्यक्रम अन्तर्गत
आयोजना गरिएको SECCA संयोजक शिक्षिका सन्ध्या झाले हामीलाई जानकारी दिनुभयो । विद्यालयका शिक्षक-शिक्षिका, कर्मचारी र अभिभावकको प्रतक्ष्य सहभागितामा आयोजना गरिएको कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले हरेक विद्यार्थीलाई भविष्यमा आत्म-निर्भर बनाउन विद्यालयले प्रयोगमा आधारित प्रगतिशील शिक्षा प्रदान गर्दै विद्यार्थीलाई सक्षम र स्वावलम्बी बनाउने प्रयत्न गरिरहेको जानकारी गराउनु भयो। साथै सो कार्यक्रममा उपस्थित अभिभावकहरुले आफ्ना नानीहरुलाई प्रयोगात्मक रूपमा सीपमूलक र जीवनोपयोगी सीप सिकाएकोमा विद्यालय परिवारलाई धन्यवाद दिँदै आभार व्यक्त गरेको थिए।










