बनेपा महोत्सव २०८२ हुने 

काभ्रे । काभ्रे जिल्लाको औद्योगिक व्यापार, परम्परागत कला संस्कृति, कृषि, घरेलु, पर्यटन प्रवद्र्धनको निमित्त महिलाहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा तीज बनेपा महोत्सव २०८२ हुने भएको छ । सुमांगल शान्तिनगर टोल विकास संस्था, बनेपा नगरपालिका–८, काभ्रेको आयाजनामा भदौ ०९ गतेदेखि भदौ २२ गतसम्म बनेपा–प्राधिकरण चोक, इलाका प्रहरी कार्यालय अगाडि (सुमांगल शान्तिनगर टोल) मा महोत्सव हुन लागेको हो । 
आयोजक सुमांगल शान्तिनगर टोल विकास संस्था, बनेपा नगरपालिका–८, काभ्रले बुधबार काभ्रेमा पत्रकार सम्मेलन गरी काभ्रेपलाञ्चोकको परम्परागत कला, संस्कृक्ति, औद्योगिक व्यापार, घरेलु, कृषि, खेलकुद, पर्यटन प्रवद्र्धन निमित्त तीज बनेपा महोत्सव–२०८२ को आयोजना गर्ने जमर्को गरेको जनायो । पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष दीलिप प्रधानले बनेपा नगरपालिका काभ्रे जिल्लाकै ऐतिहासिक, सांस्कृक्तिक एवं पर्यटकीय स्थानले भरिभराउ क्षेत्र भएकोले बनेपा–प्राधिकरण चोक, इलाका प्रहरी कार्यालय अगाडि (सुमांगल शान्तिनगर टोल) मां, महोत्सव गर्न लागेको जनाए । यसका लागि आवश्यक प्रक्रिया पूरा गरी सकिएको र अब तत्कालै यस ठाउँमा स्टल निर्माण लगायत अन्य कार्यको तयारीमा जुटिसकेका जानकारी उनले गराए । महोत्सवमा १०० भन्दा बढी स्टलहरु राखिने छन् । स्टलको साइजअनुसार न्यून शुल्क लिएर स्थानीय व्यापारीहरुलाई स्टल उपलब्ध गराइने जनाइएको छ । 
महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, विभिन्न प्रकारका लत्ताकपडाहरु, खाद्यान्न, अटोमोबाइल, जुत्ताहरु, कषि तथा हस्तकलाका सामाग्रीहरु, कृषि औजारका सामाग्रीहरुको प्रदशनी, सांस्कृक्तिक, व्यापार तथा पर्यटकीय सामाग्रीहरुको स्टलहरु हुनेछन् । 
आयोजक समितिका सचिव भरत तिमल्सिनाले महोत्सवमा बिक्री हुने सामानहरु विशेष छुटको व्यवस्था हुने जनाए । साथै मनोरन्जनका लागि महोत्सवमा बालउद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, बाटर बल्व, मिकी माउस, टेम्पालिङ, स्करपियो आदि रहने उनले जनाए । साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हास्यव्यङ्ग्य तथा गीत गायनको बेजोड प्रस्तुति प्रत्येक दिन रहने उनले जनाए ।

महोत्सबमा उपत्यका र काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा आदि जिल्लाका वासिन्दाहरुले समेत लाभ लिन सक्ने विश्वास गरिएको छ । महोत्सवको उदघाटन बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चन बादे श्रेष्ठबाट हुने जनाइएको छ । 
महोत्सवलाई व्यवस्थित बनाउन विद्यार्थीहरुका लागि रु.५० र सर्वसाधरणका लागि रु.७० प्रवेश शुल्कको व्यवस्था गरिएको छ । वृद्धवृद्धाहरुको लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । शनिबार विशेष सांस्कृतिक कायक्रम रहनेछ ।