टौमढीमा बजार अनुगमन

भक्तपुर, ३० कार्तिक । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवम् ३ नं वडाका वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा अनुगमन समितिका सदस्य एवम् ६ नं वडाका वडाध्यक्ष डा.हरिराम सुवाल सहितको टोलीले टौमढीमा रहेको फलफुल पसलहरु अनुगमन गरियो । अनुगमनमा पसलेहरुले तिहारमा अति आवश्यक फलफुल लगायत समानहरुमा तौल नपुग्ने गरी विक्रि वितरण गरी उपभोक्ताहरुलाई ठगेको भनि जनगुनासोको आधारमा अनुगमन गरिएको संयोजक गोराले बताउनु भयो । अनुगमन गर्दा अधिकांश ढक तराजु नमिलेको काँटा २४ वटा, दुई किलो ढक २० वटा, एक किलो ढक ४४ वटा, आधा किलोको ढक ३० वटा, दुईसय ग्रामको ढक ६ वटा, सय ग्रामको ढक २ वटा, पचास ग्रामको ढक १ वटा र २० ग्रामको ढक १ वटा जफत गरेको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।