त्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा भक्तपुरका दुई विद्यार्थी पुरस्कृत हुने भएका छन्। विश्वविद्यालयको पुस ५ गते सोमबार हुने ४७ औं दीक्षान्त समारोहमा त्रिविबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षाहरुमा सर्वप्रथम भएका विद्यार्थीमध्ये भक्तपुरको ख्वप कलेज अफ इञ्जिनियरिङ र ख्वप कलेजका विद्यार्थी पनि पुरस्कृत हुने भएका हुन्।
२०७६ सालको परीक्षामा ख्वप कलेज अफ इञ्जिनियरिङका श्रेष्ठले ८६.८७ प्रतिशत (विशिष्ट श्रेणी) र धितालले ६९.३० प्रतिशत(विशिष्ट श्रेणी ल्याएका थिए। उनीहरुमध्ये श्रेष्ठलाई शिवराज पन्त स्मृति पुरस्कार र धिताललाई नेपाल बैंक लिमिटेड छत्रबहादुर पदक दिइने त्रिविले जनाएको छ।










