काठमाडौं बिश्वबिघालयका फार्मेसी बिभाग अन्तर्गत फार्मेसी बिषयका बिघार्थीहरूको साझा संस्था “फोरम फर फार्मेसी “ नामक संस्थाले “कोभिड १९ स्केनेरियन प्रिजेन्ट वल्ड एण्ड मेन्टल हेल्थ इल्नेस फर सुसाइट प्रिभेन्स’’ बिषयमा भर्च्युल कार्यक्रमको आयोजना गरेको थियो! ऊत्त कार्यक्रममा संस्थाका अध्यक्ष सृष्टि प्रजापतीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यहरू बारेमा प्रकास पार्नुभएको थियो । उक्त कार्यक्रम वल्ड सुसाइड प्रिभेन्सन डे को उपलक्ष्यमा िप्रि–इभेन्टको रूपमा आयोजना गरिएको जानकारी दिनुभयो । भर्च्युल कार्यक्रममा काठमाण्डौ बिश्वबिघालय, फार्मेसी बिभागका प्रमुख डा. रजनी शाक्य र स्टाफ कोर्डिनेटर डा. उत्तम बुढाथोकीले आ–आफ्ना बिचारहरू ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको पहिलो सत्र सदस्य अपर्णा पौडेलले संचालन गरेको थियो भने बरिष्ठ डा. समीर मणी दीक्षितले नेपालमा कोरोनाको अबस्था र प्रभाबका बारेमा आफ्नो स्पष्ट धारणा राख्नुभएको थियो । कोभिडको महामारीमा अब हामीले के गर्दा हुन्छ भन्ने कुराहरूको पनि राम्रो प्रस्तुतीकरण गर्नु भएको थियो । दोस्रो सत्र,सदस्य आशिष खड्काले संचालन गर्नुभयो ।
[[img2]]
कार्यक्रममा मनोचिकीत्सा बिज्ञ डा. धन रत्न शाक्यले एकदमै गहकिलो तरीकासंग मनोबिज्ञान र स्वास्थ्य सम्बन्धी आफ्नो प्रस्तुती राख्नुभएको थियो । प्रस्तुतीको क्रममा बिभिन्न समयमा कान्तिपुर लगायतका पत्रिकाहरूमा प्रकाशित आफ्ना लेख, रचनाहरूका साथै १० वटा भन्दा बढी प्रकाशित आफ्ना पुस्तकहरूको बारेमा जानकारी गराउदा सहभागीहरु सबैजना खुशी भए! संस्थाका सचिव सारा श्रेष्ठले प्रस्तुतीकर्ता डा. समीर मणी दीक्षित, डा. धनरत्न शाक्य तथा बिभागका डा. रजनी शाक्य , डा. उत्तम बुढाथोकी लगायत सम्पूर्ण सहभागीहरु र समितिका सबैलाई धन्यवाद ज्ञापन गरेको थियो! अन्तमा संस्थाका अध्यक्ष सृष्टि प्रजापतीले कार्यक्रम आयोजना गर्न र सफलता पुर्वक सञ्चालन गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णमा नमण गर्नुभयो । काठमाडौ बिश्वबिघालयको बृहत कार्यक्रम अन्तरगत फोरम फर फार्मेसी संस्थाले पनि आफुले गर्न लागेको भाद्र ३० गते हुने राष्ट्रिय विज्ञान दिवसको कार्यक्रममा सहभागी हुन समेत अनुरोध गर्दै आजको कार्यक्रमको समापन गर्नु भएको थियो!










