उद्योग वाणिज्य महासंघका पदाधिकारीको स्वागत

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई सोमबार स्वागत तथा वधाई दिएको छ । भक्तपुरमा आयोजित स्वागत कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुले सगुन दिएर स्वागत गर्दै सहकार्यमा जोड दिनुभएको थियो ।