भक्तपुर । सम्भवतः इतिहासमै पहिलो पटक मंगलबार भक्तपुरमा विना घिन्गान्गिसीको गाइजात्रा सुरु भएको छ । आठ रात नौ दिन लामो भक्तपुरको गाईजात्रा पर्व सुरु भएको छ । तर यहाँंको गाइजात्रा यो वर्ष कोरोनाका कारण औपचारिकतामा मात्रै सिमित हुँंदैछ ।
कोरोनाका कारण भक्तपुर नगरपालिकाले यस वर्षका जात्रा औपचारिकतामा मात्रै सिमित गर्न नगरपालिकाले नगरबासीलाई अनुरोध गर्दै आएको छ । जात्रालाई अन्य वर्षहरुमा जस्तो हुल नबनाउन नगरपालिकाले यो वर्ष स्वयमसेवक परिचालन गर्ने भएको छ । जात्रा भीडभाड नहोस् भन्ने उद्देश्यका साथ नगरको वडा नं १ देखि १० सम्मकै सम्पूर्ण वडाहरुमा स्वयमसेवक परिचालन हुने भएको हो । परापूर्वकालदेखि सौहार्दपूर्ण रुपमा चल्दै आएको जात्रा स्वयमसेवक परिचाल हुन लागेको सम्भवत यो पहिलो पटक हो ।
संस्कृतिकर्मी ओम धौभडेल भक्तपुर नगरमा गाईजात्रा नौ दिनसम्म धुमधामका साथ मनाइने भए पनि यो वर्ष विशेष कारण औपचारिकतामा मात्रै सिमित हुने बताए । यसवर्ष बढी हुलमुल नगरी जात्रा औपचारिकतामा मात्रै सकाउनुपर्नेमा उनको जोड छ ।
भक्तपुरको गाईजात्राको मुख्य आकर्षण घिन्तान्गिसी नाच हो । हजारौ टोलीहरुले नगरभरि दिनभरि लठी जुधाएर यसको प्रदर्शनी हुन्छ । टोलीले भक्तपुर नगर परिक्रमा गर्ने गर्दछ । वर्षभरिमा मृत्यु भएका परिवारकोतर्फबाट एकएक टोली नाच नाचेर नगर परिक्रमा गर्ने गर्दछन् । तर यो वर्ष यी सवै कुरा औपचारिकतामा मात्रै सिमित हुनेछन् । भक्तपुरको गाइजात्राको मुख्य आकर्षण भक्तपुर नगर हो । उता मधयपुर थिमिमा भने विगतमा जस्तै जात्रा निरन्तर हुनेछ ।









