आजदेखि हुने अन्तर्राष्ट्रिय औद्योगिक एक्स्पोमा सहभागी हुन गोर्खा इको प्यानलको अनुरोध

काठमाडौं । आज शुक्रबारदेखि हुने छैटौ चितवन अन्तर्राष्ट्रिय औद्योगिक एक्स्पो २०२१ म गोर्खा इको प्यानल पनि सहभागी हुने भएको छ । गोर्खा इको प्यानलले एक्स्पोमा सहभागी हुन सम्पूर्णमा अनुरोध गरेको छ ।

एक्स्पो पुस २ गते शुक्रबारदेखि पुस ४ गते आइतबारसम्म हुने जनाइएको छ । एक्स्पो चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने जनाइएको छ । यो एक्स्पो नेपालकै ठूलो र सफल तथा औद्योगिक व्यापार मेला हुने विश्वास गरिएको छ ।
एक्स्पोमा गोर्खा इको प्यानलको स्टल हल नं वी, स्टल नं वी ७४ मा रहने जनाइएको छ । स्टलमा पुगेर गोर्खा इको प्यानलबारे बुझन कम्पनीले सवंसँंग अनुरोध गरेको छ ।

गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । गोर्खा इको प्यानल हिमाल, तराई पहाड देशभर विक्रीवितरण भइरहेको लोकप्रिय निर्माण सामाग्री हो ।