वित्तिय साक्षारता कार्यक्रम सम्पन

भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा एनएमबी बैक सुर्यविनायक शाखासँगको सहकार्यमा लघु घरेलु तथा साना उद्यमी कर्जा सम्बन्धि बित्तिय साक्षारता कार्यक्रम सम्पन भयो । सो अवसरमा संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले भक्तपुर घरेलु तथा साना उद्योग संघले संघका सदस्यहरुलाई सहजरुपमा बित्तिय पहुँच पर्याउने हेतुले यो कार्यक्रमको आयोजना गरेको जनाउनु हुन्दै कतिपय उद्यमीहरुले बैकको प्रक्रियालाई झन्झटिलो रुपमा लिई व्यवशायीक ऋण नलिई व्यक्तिगत ऋणलिन्दा राज्य दिने सेवा सुविधाबाट बन्चित भएको कारण सकेसम्म उद्यमी व्यवशायीले ऋण लिन्दा व्यवशायिक ऋण लिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय कोषाध्यक्ष विरेन्द्र जतिले भक्तपुर घरेलु तथा साना उद्योग संघ लगायत नेपाल भर रहेका लघु घरेलु तथा साना उद्यमीहरुलाई केही सहजीकरण गरिदिएको खण्डमा बैक मार्फत नै ऋण लिन महासंघबाट पहल गरिदिने बताउनु हुन्दै व्यवशायिक ऋण नलिई व्यक्तिगत तथा गैर बैकबाट ऋण लिन्दा विगतमा सरकारले साना उद्यमीहरुलाई आएको व्याज छुट सुविधा साना उद्यमीले पाउन नसकेको तितो अनुभव सुनाउँदै सकेसम्म साना उद्यमीले बैकमार्फत नै ऋण कारोबार गर्न अनुरोध गर्नुभयो ।

त्यसैगरी एनएमबी बैक बागमति प्रदेशका प्रमुख कमल पोखरेलले बैकमार्फत कारोबार गरेमा उद्यमीहरुले विभिन्न लाभ लिन सक्ने बताउनु भयो । सोही अवसरमा एनएमबी सुर्यविनायक शाखाका शाखा प्रमुख प्रकास कस्तीले ५० लाखसम्मको लगानीमा बैकले धेरै लचकता अपनाएको हुन्दा आवश्यक काजपत्र पेश गरेको केही दिनभित्र लगानी गर्न सकिने जानकारी गराउनु भयो । त्यसैगरी एनएमबी क्यापिटलका लचना शाक्यले एनएमबी क्यापिटल अन्तर्गत एनएमबी बैकको शाखाबाट शेयरक कारोबारको लागि डिम्यात तथा TMS ब्रोकर खाता खोलि कारोबार गर्न सकिने जानकारी गराउनु भयो भने  स्वष्टि खड्काले शेयरमा लगानी गर्ने तरिकाबारे जानकारी गराउनु भयो ।

वित्तिय साक्षरता कार्यक्रममा एनएमबी बैक बागमति क्षेत्रका व्यवस्थापक निरन श्रेष्ठले सहभागीहरुको जिज्ञासालाई सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष हरिगोपाल त्वायनाले वित्तिय सँगै शेयर लगानी सम्बन्धि महत्वपुर्ण जानकारी गराउनुभएकोमा एनएमबी बैक परिवार आभार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *