भक्तपुरमा कात्तिक ३ गते सुकुन्दा न्याली आयोजना हुने

भक्तपुर । विजयादशमीको पावन अवसरमा भक्तपुरको नवदुर्गा भवानीको ब्रह्मायणी शक्तिपीठमा भवानीको सृष्टि यात्राको अवसर पारेर सुकुन्दा न्याली आयोजना हुने भएको छ ।

श्री नवदुर्गा भवानीको ब्रह्मायणी शक्तिपीठमा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुन इच्छुक महानुभावलाई नाम दर्ता गरी उपस्थित हुन आयोजक नवदुर्गा धिमे खल: निओ फ्युजन बाजा समूहले अनुरोध गरेको छ ।

आयोजकका अनुसार कार्यक्रम यही कात्तिक ३ गते मंगलबार ब्रह्मायणीस्थित नवदुर्गा मन्दिरमा हुनेछ । कार्यक्रम बेलुका ४ बजे सुरु हुने जनाइएको छ ।

कार्यक्रम श्री नवदुर्गा घिमे क्लब र निओ प्रयोजन बाजा समूहको आयोजनामा हुन लागेको हो । कार्यक्रममा सहभागी हुन इच्छुकले आयोजकसँग सम्पर्क गरी नाम दर्ता गर्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *