दृष्टी माउन्ट भ्यू पप्राेर्टीजद्वारा भक्तपुरकाे कमलविनायकमा पत्रकारहरूसंग नेपालीहरूकाे महान चाड बडादशैकाे शुभकामना आदानप्रदान गरिएकाे छ ।
भ्रष्टाचार विराेधी अभियन्ता तथा सामाजिक व्यक्तित्व प्रेमध्वज लामाकाे संयाेजकत्वमा दृष्टी माउन्ट भ्यू पप्राेर्टीजकाे कार्यालय कमलविनायकमा जिल्लाका पत्रकारहरूसंग नेपालीहरूकाे महान चाड बडादशैकाे शुभकामना आदानप्रदान गरिएकाे हाे ।
बडादशैकाे शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै भ्रष्टाचार विराेधी अभियन्ता तथा सामाजिक व्यक्तित्व लामाले दसकाैंदेखि जनजातीहरू थिचाेमिचाेमा परेकाे र दसैँले जनजातीलाई विभेद गरेकाे कारण दुइ दशकदेखि आफुहरूले दसैँ मनाउन नसकिएकाे सन्दर्भ निकाल्दै आउनेदिनमा सम्पूर्ण नेपालीले समानरूपमा दशैं मनाउन सक्ने वातावरण सृजना गर्न सवै तह र तप्काबाट लाग्नु पर्ने बताउनुभयाे ।
दशैकाे शुभकामनाकै क्रममा शिक्षा पत्रकार समूहका महासचिव तथा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका काेषाध्यक्ष सञ्जीव घिमिरेले विभिन्न मिडियाका कम्पनीहरूले पत्रकारहरूलाई समयमै तलव भत्ता नदिएकाे भन्दै सरकारले पनि विज्ञापन नियमन गर्दै स्थानीय सञ्चार माध्यममा दिइरहेकाे विज्ञापन कटाैटी गर्दै घाँटी निमाेठने प्रयास गरेकाे बताउनुभयाे । उहाँले दशैँ आफ्नाे क्षमता र दक्षताले मनाउन पनि आग्रह गर्नुभयाे ।
कार्यक्रममा दृष्टी माउन्ट भ्यू पप्राेर्टीजका प्रमुख हेमन्त लामाले नेपालीहरूकाे महान चाड बडादशैकाे शुभकामना व्यक्त गर्दै दशैँ संस्कृति, परम्परा र सामाजिक सम्बन्ध बलियो बनाउन मनाउनै पर्ने बताउनुभयाे ।












Leave a Reply