सुनील सापकोटा
हाल : सिडनी , अस्ट्रेलिया
आज कोजाग्रत पूर्णिमा। भनिन्छकि आज राती चन्द्रमा अरु बेला भन्दा राम्रो देखिन्छ।आज शरद ऋतुको आगमन पनि हो।आज धर्मावलम्बीको धार्मिक मत के छ भने आज राती देवी लक्ष्मी स्वर्ग बाट पृथ्वीमा आएर रातभरी जाग्राम भइ उन को व्रत बसी,पूजा आजा , आराधना गर्ने भक्तहरुलाइ धन , समृद्धि र वैभव प्रदान गर्छिन अरे। यस बाहेक आजको रातको बर्णन विभि न्न जातीले आअफ्नो लोक संस्कृति र मान्यता अनुसार धार्मिक हिसाबले गरिएको पनि पाइन्छ। तर दर्शनले यसलाई बाहिरी निद्राभन्दा भित्रको चेतना जागृत छ कि छैन भन्ने प्रश्नका रूपमा हेरिन्छ। आज धनकी देवी लक्ष्मीलाई घरमा बोलाउने परम्परा छ। तर यस को गहिरो अर्थ धन मात्र होइन, विवेक, श्रम, सदाचार, ज्ञान र सका रात्मक चेतना पनि जीवनमा भित्र्याउनु हो। दर्शनका हिसावले रातभरि जाग्राम बस्नुको अर्थ केवल निद्रा त्याग्नु नभई लोभ, अहं कार, अज्ञान र आलस्य बाट जाग्नु हो। पूर्णिमाको पूर्ण चन्द्रमाले बाहिर उज्यालो दिन्छ। त्यसैगरी मानिसले आफ्नो मनभित्रको अँध्यारो हटाएर चेतनाको उज्यालो खोज्नु नै यसको दार्शनिक पनि सन्देश हो। आजको रात लाई धार्मिक बाहेक कवि , लेखक र साहित्यकार हरुले प्रेमी र प्रेमिकाको रात पनि भन्ने गरेका छन । आज जून बडो सुन्दर , मनमोहक , प्रेमिल,शितल र मायालु हुन्छ अरे। द्वापर युग मा आजको रातमा भगवान् श्री कृष्णले रातभरी गोपिनीहरु सङ राश लीला गर्नु भएको प्रसङहरु पनि पूराणहरुमा पाइन्छ ।आजको रात अमृत बर्षा हुन्छ भन्ने पनि धार्मिक मान्यता रहेको पाइन्छ । धेरै के लेखुँ । आज सबैको जय होस् । धन्यवाद !












Leave a Reply